+
+

युएईविरुद्ध सन्दीप जोराले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १२:५४

७ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् । लगत्तै उनी आउट भएका छन् ।

युएईसँग टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । सन्दीपले ४ चौका र २ छक्कासहित ५० रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो रनको स्कोर बनाउन पनि सकेनन् ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?