+
+

प्रदेश प्रमुखबाट असंवैधानिक काम भयो : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ६:२८
प्रदेश प्रमुखले पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्की

२७ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वाेच्च अदालत जाने तयारीमा छन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्की २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० दिनपछि बुधबार मध्यरातमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरे ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्काे सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गरे । उनले भने, ‘संविधानले दुई वटा सरकारको परिकल्पना गरेको छैन ।’

आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्दै उनले भने, ‘यो असंवैधानिक कदम भयो, गल्ती गर्दाखेरी मान्छे चुक्छन् ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत परीक्षण गरेपछि केदार कार्की स्वत कामचलाउ भएका कारण प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?