+
+

८ महिनामा २८ किलोमिटर नयाँ सडक  

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:२४
RSS

१३ जेठ,काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो ८ महिनामा संघीय सरकारले २८ किलोमिटर नयाँ सडक निर्माण गरेको छ ।

चालु आवको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे र १९० किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति भएको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

२०८० फागुनसम्म संघीय सरकारबाट निर्माण भएको ३४ हजार २ सय ६७ किलोमिटर सडकमध्ये कालोपत्रे ५३.२ प्रतिशत, ग्राभेल २२.५ प्रतिशत र कच्ची सडक २४.३ प्रतिशत रहेको छ ।

फागुनसम्म १८ हजार २४१ किलोमिटर कालोपत्रे, ७ हजार ६९७ किलोमिटर  ग्राभेल  र ८ हजार ३२९ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ ।  २०८० असारसम्म सडकको कुल लम्बाइ ३४ हजार २३९ किलोमिटर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?