+
+

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १३:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त भएका छन् ।

अध्यक्ष नेपालले शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कायम मुकायम कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यूआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

अध्यक्ष नेपालले नेपाल ग्रिनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ करियर सुरुवात गरी हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका हुन् ।

उनले यसअघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकालसम्म अध्यक्षको भूमिका निर्वाह गरी सकेका छन् ।

विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ ।

३ दशक लामो बैंक तथा वित्तिय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड थप उचाइमा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?