+
+
Shares

नेविसंघका नेताहरूलाई देउवाले भने : म मिलाउँदैछु, पार्टी फुट्दैन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद मिलाउन आफू लागिरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद मिलाउन आफू लागिरहेको बताएका छन्।
  • नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको टोलीले पार्टी एकता र मेलमिलापको पहल गर्न सभापतिलाई आग्रह गरेको छ।
  • देउवाले पार्टी फुटमा जान नदिने र एकताका लागि सक्रिय रहेको जवाफ दिएका छन्।

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद मिलाउन आफू लागिरहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्यहरूको युवा टोलीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

देउवालाई भेट्न युवाहरू उनकै निवासमा पुगेका थिए । वर्तमान राजनीतिक चुनौतीको सामना गर्न पार्टीलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा सभापति देउवासमक्ष राखेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए ।

जवाफमा सभापति देउवाले आफू एकताका लागि सक्रिय रहेको बताएका हुन् ।

‘सभापतिले हामीसित म मिलाउँदैछु, मिलाउन लागिरहेको छु । पार्टी फुटमा जान दिन्नँ भन्नुभयो’ देवकोटाले अनलाइनखबरसँग भने ।

कांग्रेसभित्र विशेष महाधिवेशन पक्ष र संस्थापन पक्ष विपरित धारमा छन् । दुई धारकै रुपमा अगाडि बढे पार्टी फुटमा पुग्ने भनेर नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको युवा टोली सभापति देउवालाई भेट्न पुगेको हो ।

भेटमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नविनराज जोशी, सन्देश तामाङ, राजु पंगेनी लगायत थिए । उनीहरूले पार्टीभित्र देखिएका आन्तरिक समस्याको समाधान गर्दै एकता र मेलमिलापको पहल गर्न सभापतिलाई आग्रह गरेका हुन् ।

विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव नदोहोरियोस् भन्नेमा आफूहरूको जोड रहेको जवाफमा सभापति देउवाले अहिले पार्टीलाई फुटमा जान नदिने बताएको नेता देवकोटाले जानकारी दिए ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?