News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६७४ जना विद्यार्थी सहभागी हुनेछन्।
- परीक्षा २०८२ चैत १९ गतेदेखि चारवटा परीक्षा केन्द्रबाट सञ्चालन हुनेछ।
- सदरमुकाम दुनैस्थित सरस्वती मावि परीक्षा केन्द्रमा २११ जना विद्यार्थी सहभागी हुनेछन्।
३ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६७४ जना विद्यार्थी सहभागी हुने भएका छन् । २०८२ चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले चारवटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
जिल्ला शिक्षा समन्वय इकाई डोल्पाका अनुसार सदरमुकाम दुनैस्थित सरस्वती मावि परीक्षा केन्द्रमा विभिन्न विद्यालयका गरी २११ जना विद्यार्थी सहभागी हुनेछन्।
जसमा त्रिपुरा मावि काइगाउँका १९, जनप्रभा मावि लिकुका २०, आदर्श मावि जुफालका ८१, कालिका मावि कालिकाका १८, तापरिचा मावि फोक्सुण्डोका १७, अरनिको मावि शहरताराका ३४ र क्रिस्टल माउन्टेन मावि धोका का २२ जना विद्यार्थी रहेका छन्।
त्यसैगरी आदर्श मावि जुफाल परीक्षा केन्द्रमा १७६ जना विद्यार्थीले परीक्षा दिनेछन्। सरस्वती मावि दुनैका ५०, जनप्रभा मावि लिकुका ५०, सरस्वती मावि सुनका ४८, विद्यामन्दिर माविका १६, सरस्वती मावि दुनै (खुला) का ३ र लक्ष्मी मावि थरगाउँका ९ जना विद्यार्थी यस केन्द्रमा सहभागी हुनेछन्।
जनप्रभा मावि लिकु परीक्षा केन्द्रमा कुल १५६ जना विद्यार्थी रहनेछन्। यस केन्द्रमा त्रिपुरा मावि काइगाउँका ३४, त्रिपुराकोट मावि मदुका ५०, मुकुटेश्वर मावि ल्हाँका ३४, त्रिपुरा मावि काटियाचौरका १२ र कस्तुरी मावि पहाडाका २६ जना विद्यार्थी सहभागी हुनेछन्।
त्यस्तै त्रिपुरा मावि काइगाउँ परीक्षा केन्द्रमा १३१ जना विद्यार्थीले परीक्षा दिनेछन्। जसमा कालिका मावि कालिकाका ४२, अन्नपूर्ण मावि सर्मीका ३०, मालिका मावि नर्कुका २३ र भगवती मावि झ्याकोटका ३६ जना विद्यार्थी रहेका छन्।
प्रतिक्रिया 4