१० चैत, काठमाडौं । इरानी विदेश मन्त्रालयले अमेरिकाका तर्फबाट वार्ताका विषयहरू प्राप्त भएको प्रतिक्रिया दिएको छ । अमेरिकी सञ्चार संस्था सीबीएस न्युजलाई हवाला दिँदै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार इरानको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले मध्यस्तकर्तामार्फत अमेरिकाले राखेका वार्ताका विषय प्राप्त भएको बताएका छन् । प्राप्त विषयमा समीक्षा भइरहेको ती अधिकारीले बताएका छन् ।
अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर विभिन्न किसिमका रिपोर्ट आइरहेका बेला यो नयाँ समाचार आएको हो । सीबीएसको समाचारअनुसार वार्ताको सम्भावित सुरुवातका रूपमा ती विषय उठाइएका छन् । यद्यपि वार्ता अझैँ पनि पक्कापक्की भने भइसकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी युद्ध रोक्न इरानसँग वार्ता भइरहेको बताएका थिए । सँगै उनले इरानका ऊर्जा केन्द्रमा तत्कालका लागि हमला रोक्ने भनेका थिए ।
तर, ट्रम्पको सो भनाइलाई इरानी विदेशमन्त्री अब्बास अरागचीले इन्कार गरेका थिए ।
फेरि दिउँसो फ्लोरिडामा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले इरानको एक शीर्ष व्यक्तिसँग वार्ता भइरहेको भन्दै प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया 4