+
+
Shares

इच्छामृत्युबाट विदा भए हरिश राणा तर उनका अंग अझै रहनेछन् मानव शरीरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको सर्वोच्च अदालतले ११ मार्चमा हरिश राणाका लागि निस्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो।
  • हरिश राणा १३ वर्षदेखि कोमामा थिए र १४ मार्चमा एम्समा भर्ना भई जीवन समर्थन प्रणालीहरू हटाइए।
  • उनको मृत्युपछि परिवारले अंगदान गरेका छन् ।

भारतको सर्वोच्च अदालतले ११ मार्चमा हरिश राणाका लागि निस्क्रिय इच्छामृत्युको अनुमतिसहित आदेश दिएको थियो । यसपछि करिब १३ वर्षदेखि कोमामा रहेका हरिशले मंगलबार अपरान्ह ४:१० बजे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा अन्तिम सास फेरे ।

बुधबार बिहान उनको दक्षिण दिल्लीको ग्रीन पार्कमा अन्त्येष्टि गरिएको छ । हरिशको परिवार गाजियाबादको राजनगर एक्सटेन्सनमा रहेको राज एम्पायर सोसाइटीमा बस्दै आएको थियो ।

कसरी गरियो इच्छामृत्यु कार्यान्वयन ?

अदालतले हरिश राणालाई आफ्नो प्यालेटिभ केयरमा भर्ना गर्न र चिकित्सा उपचार फिर्ता लिन वा रोक्नका लागि कदम चाल्न एम्स अस्पताललाई निर्देशन दिएको थियो ।

गाजिवाबादस्थित घरमा रहेका उनलाई १४ मार्चमा अस्तपाल भर्ना गरिएको थियो।

सर्वोच्च अदालतको निर्देशनअनुसार विशेषज्ञ चिकित्सकको टोलीले जीवन समर्थन प्रणालीहरू चरणबद्ध रूपमा हटाउने काम सुर गर्‍यो ।

सबै प्रक्रिया चिकित्सकीय प्रोटोकल अनुसार नै भएको एम्सका चिकित्सकहरूले बताएका छन् । यस कार्यको नेतृत्व डा. सीमा मिश्राले गरेकी थिइन् । टिममा न्यूरोसर्जरी, प्यालिएटिभ मेडिसिन, ओन्को–एनेस्थेसिया र मनोचिकित्साकसहितका विशेषज्ञहरू थिए ।

उनलाई दिने गरिएको पोषण र औषधिहरू बिस्तारै घटाइयो । उनलाई त्यो अवस्थाम रहिरहनका लागि जुन–जुन चिकित्सकीय प्रक्रिया अपनाइएको थियो, त्यो बिस्तारै हटाउँदै लगियो ।

कुनै पीडाबिना सम्मानका साथ जीवनको अन्त्य गर्ने प्रक्रिया अपनाइएको चिकित्सकहरूको टोलीले बताएका छन् ।

जीवन समर्थन प्रणालीहरू हटाउन सुरु गरिएको १० दिनपछि मंगलबार हरिश सधैंका लागि विदा भएका हुन् । उनको भौतिक शरीर नहरे पनि उनका केही अंगहरू भने अझै यो संसारमा मानव शरीरमा रहने निश्चित भएको छ । मृत्युअघि उनको परिवारले हरिशको अंगदान गर्ने निर्णय लिएका थिए ।

एम्सका चिकित्सकका अनुसार उनको दुवै आँखाको नानी र मुटुको भल्भ दान गरिएको छ । यो सँगै दृष्टि नभएका दुई व्यक्तिले दृष्टि पाउने र मुटुको भल्भ प्रत्यारोपण गरी अर्का एक व्यक्तिले नयाँ जीवन पाउने पक्का भएको छ ।

थिए इन्जिनियरिङका विद्यार्थी

हरिशका बुबा अशोक राणाले समाचार एजेन्सी एएनआईलाई दिएको प्रतिक्रिया अनुसार हरिश पञ्जाब विश्वविद्यालय अन्तर्गत सिभिल इन्जिनियरिङ गर्दै थिए । २०१३ मा दुर्घटनामा पर्दा दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा पढ्दै थिए । उनी कलेजका टपर समेत रहेको बुबा अशोकले बताएका छन् ।

हरियाणास्थित उनी बस्दै आएको होस्टलको छतबाट खस्दा उनलाई टाउकोमा गम्भीर चोट लाग्यो । मस्तिष्कमा गम्भीर क्षति भएका कारण उनी कोमामा पुगेका थिए । परिवारले उनको हरसम्भव उपचार गर्‍यो । तर पनि उनको अवस्थामा केही सुधार भएनन् । मृत्यु न जीवितको अवस्थामा उनलाई चिकित्सकीय उपकरणको सहायतामा राखिएको थियो ।

हरिश कोमाबाट नफर्कने सुनिश्चित भएपछि परिवारले उनका लागि इच्छामृत्युको अनुमति दिनुपर्ने भनी कानुनी लडाइँ लड्दै आएको थियो । बिगत ३ वर्षदेखि आफूहरूले कानुनी लडाइँ लडिरहेको बुबा अशोकले बताएका छन् । आफ्नो छोराका लागि मात्रै नभएर यस्तो समस्यामा परेका सबै व्यक्तिका लागि इच्छामृत्युको कानुनी माग राखेको उनको भनाइ छ ।

‘थाहा छैन हरिशको जस्तो अवस्थामा कयौँ व्यक्ति परेका छन्’ उनले भने, ‘हामी चाहन्छौँ उनीहरूलाई पनि राहत हुनेछ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?