+
+
Shares

गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु 

अनिल खत्री अनिल खत्री
२०८२ चैत ११ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा टिप्परको ठक्करबाट ९२ वर्षीया धनि बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको छ।
  • दुर्घटना तम्घास–रिडी सडक खण्डमा भएको थियो र चालक प्रहरी नियन्त्रणमा छन्।
  • जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

११ चैत, गुल्मी । गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो ।

उनलाई थप उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्युु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब निरीक्षक जगन्नाथ पाण्डेको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?