फाइल तस्वीर
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी महाधिवेशनबाट पार्टी नयाँ भएर आउने बताएका छन् ।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले आगामी महाधिवेशनबाट कांग्रेसले आफूलाई नयाँ पुस्ताको मागअनुसार परिवर्तन गर्ने बताए ।
‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ,’ उनले भने, ‘नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ ।’
अधिवेशन नगरी जानु भनेको गल्ती–कमजोरी स्वीकार नगरेर जनादेश माग्न जानु भन्ने बुझिने महामन्त्री थापाको भनाइ छ ।
‘यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्,’ उनले भने ।
महामन्त्री थापाले कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने नभएर सम्हाल्ने भएको पनि जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4