+
+
Shares

कमजोरीलाई स्वीकारेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी पुरानै आनीबानीले नचल्ने निष्कर्षसहित आफूहरू अघि बढेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानै आनीबानीले नयाँ भविष्य बनाउन नसकिने निष्कर्षसहित पार्टी अघि बढेको बताए।
  • शर्माले विषम परिस्थितिमा विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र नवीन आत्मविश्वास भर्ने अठोटका कामकारबाही सुरु भएको उल्लेख गरे।
  • उनले पार्टीका सबै शुभचिन्तकले रुपान्तरिक कांग्रेस चाहेको र कमजोरी स्वीकारेर मनस्थिति बदल्नुपर्ने बताए।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी पुरानै आनीबानीले नचल्ने निष्कर्षसहित आफूहरू अघि बढेको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले भने, ‘पुरानै आनिबानीलाई राखेर नयाँ भविष्य बनाउन सकिन्न ।’

उनले विषम परिस्थितिमा विशेष महाधिवेशन भइरहेको बताउँदै पार्टीभित्र नवीन आत्मविश्वास भर्ने अठोटका कामकारबाही सुरु भएको बताए ।

‘विषम परिस्थिति र भिन्न राजनीतिक अवस्थामा विशेष महाधिवेशन भइरहेको छ । पार्टीभित्र नवीन आत्मविश्वास भर्ने अठोटका साथ यो अधिवेशन भइरहेको छ,’ उनले भने, ‘हाम्रा सबै सुभचिन्तक साथीहरू रुपान्तरिक कांग्रस चाहनुहुन्छ । आज जेजति कमीकमजोरीहरू भएका छन् । पार्टीको ड्राइभिङ सिटको नजिकै रहेको नाताले यसको हिस्सा हामी पनि लिन्छौँ । कमजोरीलाई स्वीकारेर भनेका हौँ- पुरानै अवस्थामा अघि बढेर हुँदैन । मनस्थिति बदल्नुपर्छ ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?