+
+
Shares

महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ : गगन थापा

‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने-नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईंहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १९:१५

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित नेता उपस्थित हुने विश्वास व्यक्त गरे ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने-नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईंहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो ।’

उनले कहिलेकाहीँ युद्ध हार्नका लागि तयार हुनुपर्छ भन्दै थपे, ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस् । कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ । तयार छौँ । कहिले काहीँ ज्वालाका जाग्रित गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ । नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि ।’

कांग्रेस ठीक ठाउँमा हुँदा देशरप्रतिको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ ।

‘यो अवसर पनि हो चुनौती पनि हो । भोलि बिहान ८ बजे हामी जम्मा हुन्छौँ । हलले जे स्थापना गर्ने भन्छ त्यही हुन्छ । कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही होइन,’ उनले भने, ‘महाधिवेशनले चायो भने नेता पनि छान् नेतृत्व बदल्छ पनि । विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?