News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विशेष महाधिवेशनको बन्दसत्रबाट हुने निर्णयमा पार्टीको कामकारबाही भरपर्ने बताएका छन्।
- महरले संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही कुराहरू नमिलेको र केन्द्रीय कार्यालयले निर्णयको जवाफ दिने चेतावनी दिएको बताए।
- देश विदेशका शुभचिन्तकहरूले पार्टी जोगाउन नेताहरूलाई दबाब दिइरहेको र केही कुरा गुमाएर पनि पार्टी जोगाउन छलफल भइरहेको महरले खुलाएका छन्।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विशेष महाधिवेशनको बन्दसत्रबाट के निर्णय हुन्छ भन्नेमा पार्टीले गर्ने कामकारबाही भर पर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही कुराहरू नमिलेको बताएका छन् ।
उनले विशेष महाधिवेशनको हलले गर्ने निर्णयको जवाफ केन्द्रीय कार्यालयले दिने चेतावनी दिए ।
‘विशेष महाधिवेशनमा भएका कुरालाई ग्रहण गर्नेलगायत विभिन्न प्रस्ताव आएको छ । यसबारे महाराजगञ्जमा छलफल भइरहेकै छ,’ विशेष महाधिवेशन निर्वाचन समितिले प्रक्रिया नै अघि बढाइसक्यो नि भन्ने प्रश्नमा उनले थपे, ‘स्वभाविक रुपमा एक्सनको रियाक्सन हुने कुरामा दुई मत भएन ।’
उनले देश विदेशमा रहेका शुभचिन्तकहरूले पार्टीलाई जोगाउनुपर्छ भनेर नेताहरूलाई प्रेसर दिइरहेको पनि बताए । उनले केही कुरा गुमाएर पनि पार्टी जोगाउनुपर्छ भनेर नेताहरूले छलफल गरिरहेको बताए ।
प्रतिक्रिया 4