News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताएका छन्।
- घिमिरेले नेताहरूबीच भएको छलफलको निष्कर्षबाट आगामी रणनीति तय गर्ने बताए।
- केन्द्रीय समिति बैठक वार्ताको निष्कर्ष नआउँदा अहिलेसम्म बस्न सकेको छैन।
२९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बताएका हुन् ।
‘नेताहरूबीच वार्ता प्रक्रिया चलिरहेको छ । यसले केही आकार दिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘सकारात्मक हुने कुरामा अहिले नै सबै कुरा नभनौं । सकारात्मक रुपमा नै अघि बढेको छ ।’
घिमिरेले नेताहरूबीच भएको छलफलको निष्कर्षबाट आगामी रणनीति तय गर्ने पनि बताए ।
‘आज रातभरिमा कुनै बिन्दुमा पुगेर भोलि एक भएर पार्टीअघि बढ्छ,’ उनले भने ।
त्यस्तै दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।
विशेष महाधिवेशन पक्षधर र वार्तामा बसेका नेताहरूबीच भएको छलफलको निष्कर्ष नआउँदा बैठक बस्न नसकेको उनको भनाइ छ ।
‘उताबाट केही निर्णय नआएका कारण अहिलेसम्म बैठक बस्न नसकेको हो,’ उनले भने, ‘उताबाट केही निर्णय आयो भने बैठक अहिले नै बस्छ, नभए भोलि बसेर हामी टुंग्याउँछौं ।’
प्रतिक्रिया 4