+
+
Shares

कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १५:५८

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा उपसभापति र महामन्त्रीको मतगणना एक साथ सुरु भएको हो ।

मतगणना तीन ठाउँमा सुरु भएको र हरेक मतगणना स्थलमा हरेक उम्मेदवारलाई एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन् । उनी ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका हुन् ।

खड्गीले ३७५ मत प्राप्त गरेका छन् । सभापति पदका लागि भएको मतदानको गणना राष्ट्रिय सभागृहमा भएको थियो ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?