Comments Add Comment

कञ्चनपुर

List Grid
निषेधाज्ञामा अवैध काठ ओसारपसार गरेको आरोपमा तीनजना पक्राउ

३१ वैशाख, धनगढी । कञ्चनपुरमा निषेधाज्ञाका बेला अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । पक्राउ […]

कोरोना संक्रमणबाट कञ्चनपुरमा थप ८ जनाको मृत्यु

३१ वैशाख, धनगढी । कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत कञ्चनपुरका ७ र कैलालीका १ जना संक्रमितको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले जानकारी दिइन् । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका २ जना, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकाका १÷१ […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, धनगढी । कञ्चनपुरमा सोमबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । उनकाअनुसार भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका-१० का ३४ वर्षीय पुरुषको […]

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, धनगढी । कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगर र धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–६ का ३४ वर्षीय पुरुष र बेल्डाडी गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले […]

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्युु

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति […]

कैलाली र कञ्चनपुरमा रातिमा हिँडडुल गर्न रोक

१३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा अत्यावश्यक कामबाहेक रातिको समयमा हिँडडुल गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । सोमबार धनगढीमा बसेको अन्तर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा दुवै जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले […]

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गरे ।  

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

२७ चैत, कञ्चनपुर। कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र आगलागीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र […]

भारतबाट कञ्चनपुर फर्किएका २४ जनाको एन्टिजेन परीक्षण नतिजा पोजेटिभ

२१ चैत, कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको […]

नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरसहित नियन्त्रणमा

२० चैत, कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

२० फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन् । इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो । जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागे । घाइते भएका करिव […]

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

११ फागुन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी […]

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना सोही बिद्यालयमा ६ कक्षामा पढ्ने बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शिक्षकमाथि गत […]

नक्कली नेपाली नोटसहित २ जना पक्राउ

१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र […]

कञ्चनपुरमा नेकपाका दुई पक्षबीच धकेलाधकेल

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ । प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो । स्रोतका अनुसार ओम बस्नेत लगायतका नेताले ताला खोल्न खोजेपछि विवाद […]

आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

९ पुस, कैलाली । कञ्चनपुरमा आगो ताप्ने क्रममा एकजना महिलाको जलेर मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । आगोमा परी गम्भीर घाइते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको […]

पक्की घरमा बस्ने मीनाको सपना !

३ पुस, कैलाली । कञ्चनपुर बेदकोटन नगरपालिका-५ धरमपुरकी मीना चौधरीलाई दुई छाक टार्न पनि सकस छ । तैपनि, उनको मुहारमा अहिले मुस्कान भरिँदैछ । मीनाका श्रीमान कञ्चनपुरकै महेन्द्रनगरमा मजदुरी गर्छन् । मजदुरी गरेर आएको रकमबाट घर खर्च र सन्तान पढाउन पनि समस्या छ । पुरानो र जीर्ण घरमा २ पुस्ता बिताएका मीनालाई पक्की घरमा बस्ने […]

मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी

२९ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन् । […]

जब रेखाले हिम्मत देखाइन् तब प्रचारमा आयो लिङ्गा

२२ मंसिर, डोटी । ‘२०७१/०७१ सालसम्म यहाँ खासै कोही आउँदैनथे । वरपरका गाउँबाट मात्रै सिद्ध पुज्न आउँथे । अचेल त टाढाटाढाबाट पनि यस क्षेत्रको दर्शन गर्न आउँछन्,’ कञ्चनपुरको बेदकोट नगरपालिका–४ मा रहेको धार्मिक तथा पर्यटकीय स्थलबारे स्थानीय पदमराज भट्ट भन्छन् । स्थानीय बमनगाउँवासी यस क्षेत्रलाई परेवाखरी (परेवा खोर) भनेर चिन्दथे । परेवाहरु लुक्ने ठाउँ भएका […]

तरकारी खेतीले किसानको मुहार फेरिँदै

२१ मङ्सिर, कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । तरकारी खेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उनी विवाह हुनुअघि अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्थे । त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । […]