Comments Add Comment

कैलाली

List Grid
१२० ग्राम सुनसहित तीनजना पक्राउ

१४ असार, धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१३ असार, धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ का २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले राजमार्गमा परेको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित भएर पोल […]

बालिकामाथि यौनहिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बा सञ्‍चालक धरौटीमा रिहा

९ असार, धनगढी । कैलालीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालक धरौटीमा रिहा भएका छन् । यौन हिंसाको आरोपमा पक्राउ परेका जिल्लाको गोदावरी नगरपालिकाको वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका सञ्चालक गणेश मोक्तान लामा मंगलबार ९० हजार धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लामा […]

कैलालीमा निजी गाडी र ट्याक्सी जोर-बिजोर प्रणालीमा चल्ने

७ असार, धनगढी । कैलालीमा असार ८ देखिको निषेधाज्ञामा निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा सार्वजनिक सवारी साधन बन्द रहने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन हुने उल्लेख छ । निजी जीप, कार र भ्यानले चालकसहित बढीमा चार […]

सुदूरपश्चिमको राजधानी घोषणामै सीमित, जग्गा नै पाउन सकेन

४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तेघरीमा स्थायी राजधानी बनाउन तीन वर्षअघि गरेको निर्णय कार्यान्वयन हुने छाँट अझै देखिएको छैन । कैलालीको गोदावरी नगरपालिका– २ र ४ पर्ने तेघरी वन फाँडेर प्रदेश राजधानी निर्माण गर्ने सरकारको प्रस्ताव प्रदेशसभाबाट पारित हुँदा पनि चर्को विरोध भएको थियो । घना वनक्षेत्र मासेर प्रदेश राजधानी बनाउने निर्णयविरुद्वको मुद्वा […]

चुरेका पहिरोपीडितको जंगलमा बास, निगुरो र खोलेले छाक टार्न बाध्‍य

२ असार, कैलाली। कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाका करीब तीन सय बासिन्दाहरु पहिरोले घरखेत बगाएपछि  सिमानामा पर्ने राष्ट्रिय वनको बीचमा त्रिपाल मुनि बस्न बाध्‍य भएका छन् । पहिरोले आफ्नो घर खेत बगाएपछि घरबारविहीन भएका उनीहरु जसोतसो त्रिपालमुनि बाध्‍य बाध्‍य भएका हुन् । चुरे गाउँपालिकाका विभिन्न वडाहबाट पहिरो पीडित भएर वासस्थानको खोजि गर्दै जङ्गललाई आफ्नो […]

कैलालीमा निषेधाज्ञा खुकुलो बनाइयो, फेन्सी पसल पनि खोल्न पाइने

३१ जेठ, धनगढी । कैलालीमा केही खुकुलो बनाएर एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा असार ७ गते राति १२ बजेसम्म खुकुलो बनाएर निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यो अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थानबाहेकका सरकारी कार्यालय, सार्वजनिक निकायका […]

कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

२६ जेठ, धनगढी । कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ […]

कालो ढुसी संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु

२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर […]

निषेधाज्ञाको उल्लंघन गर्दै कैलालीमा मेयर र वडाध्यक्ष उद्घाटन कार्यक्रममा व्यस्त

२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर-१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा […]

कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

२० जेठ, धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको जानकारी दिए । यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जोशीले बताए […]

हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

१८ जेठ, धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय […]

युवक हत्याको आरोपमा ४ जना पक्राउ

१७ जेठ, धनगढी । कैलालीमा युवक हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज […]

कैलालीमा गुम्बाका संरक्षकविरुद्ध बालयौन दुर्व्यवहारको मुद्दा दर्ता

१५ जेठ, धनगढी । कैलालीमा यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ परेका लामाविरुद्ध बाल यौन दुर्व्यवहारको […]

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने […]

यौन हिंसाको आरोपमा गुम्बाका संरक्षक पक्राउ

१३ जेठ, धनगढी । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीको गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए । गुम्बामा रहेका केही बालिकाले संरक्षक […]

कैलालीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

१२ जेठ, धनगढी । कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी […]

संक्रमितको शव व्यवस्थापनमा कैलालीमा खटिए महिला सैनिक

५ जेठ, धनगढी । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ । धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाएको जनाएको छ । भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला […]

कैलालीमा एक साता निषेधाज्ञा थप्ने निर्णय

३ जेठ, धनगढी । कैलालीमा जारी निषेधाज्ञा एक साता थप्ने निर्णय गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको […]

कैलालीमा एकैदिन थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

३१ वैशाख, धनगढी । कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये कैलालीका मात्र चार […]

कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

२८ वैशाख, धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सिफारिस गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले हाल वैशाख ३० गतेसम्म […]