Comments Add Comment

चेल्सी

List Grid
सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले […]

चेल्सी फर्कने ओस्कारको चाहना

१५ जेठ, काठमाडौं । ब्राजिलियन मिडफिल्डर ओस्कारले इंग्लिस क्लब चेल्सी फर्कने चाहना व्यक्त गरेका छन् । हाल चीनमा व्यावसायिक फुटबल खेल्दै आएका ओस्कारले लण्डन क्लब फर्कने इच्छा देखाएको गोल डट कमले जनाएको छ । २९ वर्षीय मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग क्लब संघाई पोर्टबाट खेलिरहेका छन् । ओस्कारको सम्झौता चिनियाँ क्लबसँग २०२४ सम्म रहेको छ […]

च्याम्पियन्स लिग फाइनल : दुई इङ्लिस क्लब सिटी र चेल्सी भिड्दै

१५ जेठ, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ । जसमा दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । सिटी प्रिमियर लिगको च्याम्पियन टिम हो । चेल्सी भने यस सिजन चौथो स्थानमा रहेको थियो । दुवै टिमले अर्को सिजनको लागि च्याम्पियन्स लिगमा स्थान […]

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर युरोपा लिगमा

१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । चेल्सी र लेस्टर सिटी भने पराजित भए […]

लेस्टरलाई हराएपछि चेल्सीको शीर्ष चारमा रहने सम्भावना बलियो

५ जेठ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । यस जितपछि चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा चेल्सीका लागि एन्टोनिओ रुडिगरले ४७औं र जर्जिन्होले ६६औं मिनेटमा पेनाल्टीमा गोल गरे । […]

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । […]

शीर्ष चारमा पकड बनाउँदै चेल्सी

१९ वैशाख, काठमाडौं । चेल्सीले प्रिमियर लिगमा फुलहमलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ । काई हाभार्टले दुई गोल गरेपछि चेल्सीले गएराति घरेलु मैदानमा सहज जित हात पारेको हो । खेलको १०औं मिनेटमै मासोन माउन्टको पासमा हाभार्टले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४९औं मिनेटमा टिमो वेर्नरको पासमा हाभार्टले व्यक्तिगत दोस्रो […]

चेल्सी बराबरीमा रोकियो

८ वैशाख, काठमाडौ । प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा ब्राइटनसंग गोलरहित बराबरी खेल्दै चेल्सील अंक बाँडेको हो । इन्जुरी टाइममा ब्राइटनका बेन ह्वाइट दोहोरो पहेँलो कार्ड पाउ मैदान बाहिरिएका थिए । बराबरीपछि ३२ खेलबाट ५५ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ । ३२ खेलबाट वेष्टहमको पनि समान […]

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

५ वैशाख, काठमाडौं । हाकिम जिएचको एकमात्र गोल मद्दतमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले हरायो । वेम्बलीमा भएको खेलमा चेल्सीलाई जितान हाकिम जिएचले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ५५औं मिनेटमा मो वेर्नेरको पासमा गोल गरेका थिए […]

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

१ वैशाख, काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १-० ले पराजित भए पनि समग्रमा जित हात पार्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । पहिलो लिग २-० ले जितेको चेल्सीले समग्रमा २-१ को जित हात पार्दै अन्तिम चारमा पुगेको हो । […]

चेल्सी चौथो स्थानमा उक्लियो

२९ चैत, काठमाडौं । क्रिस्टल प्यालेसलाई ४-१ ले पराजित गर्दै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । क्रिस्टियन पुलिसिकले दुई गोल गरेपछि चेल्सीले सहज जित हात पारेको हो । काइ हाभार्ट र कुर्ट जुमाले चेल्सीका लागि एक एक गोल थपे । प्यालेजको मैदानमा भएको खेलको आठौं मिनेटमै काइ हाभार्टले गोल गर्दै लण्डन क्लब चेल्सीलाई […]

च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो

२६ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २-० ले पराजित गरेको छ । कोभिड-१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक-एक गोल गरे । माउन्टले ३२औं र चिलवालले ८५औं मिनेटमा गोल गरे ।

घरेलु मैदानमै चेल्सीको हार

२१ चैत काठमाडौं । प्रिमियर लिगमा लण्डन क्ल चेल्सी रेलिगेसन जोनमा रहेको वेष्ट ब्रोमसँग घरेलु मैदानमै पराजित भएको छ । शनिबार भएको खेलमा सुरुवाती अग्रता लिएपनि १० खेलाडीमा सिमित चेल्सी वेस्ट ब्रोमसँग ५-२ ले पराजित भएको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको दुई […]

चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौं । लण्डन क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा शेफिल्ड युनाईटेडलाई २-० गोल ले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । यस्तै शेफिल्डका खेलाडीले एक गोल उपहार दिए । शेफिल्डका ओलिभर नोर्उडले २४औं मिनेटमा आत्मघाती गोल गरेपछि […]

च्याम्पियन्स लिग : एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

५ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी […]

आत्मघाती गोल र पेनाल्टी गोलमा चेल्सी विजयी

२५ फागुन, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले एभरटनलाई २-० ले पराजित गरेको छ । आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि जर्जिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि एभरटनका बेन गोडफ्रेले ३१औं मिनेटमा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता […]

म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे

काठमाडौं । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले खेलमा गोलको अवसर पाएपनि गोल गर्न सकेनन् । बराबरीपछि युनाइटेड र चेल्सीले समान १ अंक जोडे । २६ खेलबाट ५० अंक जोडेको युनाइटेड लिग लिडर […]

जिरुडको शानदार गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

१२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् । उनको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए […]

चेल्सी चौथो स्थानमा उक्लियो

४ फागुन, काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सीले लिभरपुललाई अंकतालिकामा पछि पारेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ओलिभर जिरुड र टिमो वेर्नरले पहिलो हाफमा गोल गरे । जिरुडले ३१औं र वेर्नरले ३९औं मिनेटमा […]

चेल्सी एफए कपको क्वाटरफाइनलमा

३० माघ, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बान्सलेलाई १-० ले पराजित गर्दै लण्डन क्लब चेल्सीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । बान्सलेको मैदानमा भउको खेलमा चेल्सीका लागी टमी अब्राहमले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले खेलको ६४औं मिनेटमा गोल गरेका हुन् […]

लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो

२३ माघ, काठमाडौं । प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १-० ले पराजित गरेको हो । जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । २४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन् । […]