Comments Add Comment

धनगढी

List Grid
‘पारि बस सञ्चालकले, वारि रिक्सा चालकले ठग्छन्’

१९ असोज, धनगढी । भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ। धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे। नेपाली ट्राभल एजेन्सीका […]

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

१८ असोज, धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असोज २० देखि २३ गतेसम्म प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद परिषदका सदस्य सचिव दीपक सिंहले कैलाली र कञ्चनपुरसहित ९ वटै जिल्लाका टीमको सहभागितामा प्रतियोगिता सञ्चालन […]

प्रहरी दिवसको अवसर पारेर धनगढीमा ‘तपाईंको मास्क खै ?’ अभियान

१७ असोज, धनगढी । प्रहरी दिवसको अवसर पारेर धनगढीमा तपाईंको मास्क खै ? अभियान सञ्चालन गरिएको छ । आइतबार ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कैलाली र युवा परिषद् सुदूरपश्चिमको संयुक्त आयोजनामा र्‍याली निकालेर मास्क प्रयोगका विषयमा सचेतना कार्यक्रम गरिएको हो । ¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख […]

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु

१३ असोज, धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी […]

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

११ असोज, धनगढी । हेल्प फर हेप्पीनेस नामक संस्थाले धनगढीका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले छैठौँ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको आमाको माया छात्रबासका विद्यार्थीहरुलाई न्यानोे कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो। साथै हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा […]

रानाथारू भाषालाई कामकाजी भाषा माग गर्दै धनगढीमा प्रर्दशन

२८ भदौ, धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न […]

साउनको अन्तिम सोमबार धनगढीको शिवपुरीधाममा भक्तजनको घुइँचो (फोटोफिचर)

३२ साउन, धनगढी । साउन महीनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । सुदूरपश्चिमको धनगढीस्थित शिवपुरीधाममा पनि बिहानैदेखि भक्तजन महिलाहरुको भीड लागेको हो । एक सय ८ फिट अग्लो ज्योर्तिलिङ्ग रहेको धाममा कैलाली तथा छिमेकी कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुको भीड लागेको हो । यहाँ साउनको पहिलो सातादेखि नै हरेक […]

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

३२ साउन, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५० वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुरमा श्रेष्ठले जानकारी दिए । २४ साउनमा अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सुदूरपश्चिममा साउन पहिलो […]

जमेको पानी निकास गर्दा स्थानीयको ढुङ्गामुढा, १० प्रहरी घाइते

५ साउन, धनगढी । धनगढीमा जमेको पानी निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् । धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास दिने क्रममा प्रहरीमाथि मंगलबार ढुंगामुढा प्रहार गरिएको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १० जना […]

धनगढीमा प्रेम आले र लक्ष्मी चौधरीको विरोधमा युवा संघको प्रर्दशन

५ साउन, धनगढी । धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको विरोधमा युवा संघले प्रर्दशन गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई बहिस्कार गर्ने बताएको छ । धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा उनीहरुले आले […]

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् । धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले […]

धनगढीमा निःशुल्क शव वाहन सेवा

२५ असार, कैलाली । धनगढीका व्यवसायी गोपाल हमालले निःशुल्क शव वाहन सन्चालनमा ल्याएका छन् । ‘महाप्रस्थान यान’ नाम दिइएको उक्त शव वाहन धनगढी उपमहानगरवासीले निःशुल्क प्रयोग गर्न पाउने छन् । ३० लाखको लागतमा सञ्चालनमा ल्याइएको उक्त शव वाहन सञ्चालनको जिम्मा सामाजिक कार्यमा सक्रिय धनगढीकै सिद्धराज पनेरुलाई दिइएको छ । शुक्रबार औपचारिक कार्यक्रमकाबीच शव वाहनको चाबी […]

धनगढी उपमहानगरपालिकाको बजेट संशोधन गर्न माग

१० असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट संशोधन गर्न नगरसभा सदस्यहरुले माग गरेका छन् । मंगलबार बसेको नगरसभामा प्रस्तुत गरेको एक अर्ब ८२ करोड बराबरको बजेट र नीति तथा कार्यक्रम संशोधन गर्न नगरसभा सदस्यले माग गरेका छन् । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले छलफलका क्रममा उठेका सुझावका आधारमा प्रस्तुत नीति तथा […]

कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

६ असार, धनगढी । कालोपत्रेको माग गर्दै धनगढीमा स्थानीय वासिन्दाले हिलाम्मे सडकमा धान रोपेका छन् । धनगढी उपमहानगरपालिका–५ को हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ भएको सडकमा धान रोपेका हुन् । स्थानीय अनिल भण्डारीले तीन वर्ष अघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए । उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्रे […]

पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध

१ असार, धनगढी । अविरल वर्षासँगै आएको पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा सडकमाथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले मंगलबार बिहान गएको पहिरोका […]

धनगढीमा कोरोना खोप : पहुँचवालाको हालीमुहाली भएको स्थानीयको गुनासो

२८ जेठ, धनगढी । कोरोनाविरुद्धको खोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित नहुँदा लक्षित वर्गले सहज रुपमा खोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् । हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको हकमा भने उमेर समूह तोकिएको छैन […]

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]

कोरोनाले श्रीमान्‌को मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमान्‌को मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा […]

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार गरेको आरोपमा युवक पक्राउ

२ जेठ, धनगढी । प्रहरीले प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो । उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा […]

धनगढीमा ग्यास उद्योगको मेसिन बिग्रिएपछि अक्सिजनको थप हाहाकार

२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । […]