Comments Add Comment

नेपाली फुटबल

List Grid
एन्फासँग नयाँ सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

१० कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल […]

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले परनजित भएको छ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले […]

नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी

१९ असोज, काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताएका छन् । मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । ‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो […]

साफ च्याम्पियनसिप : मनिसको गोलमा नेपालको विजयी सुरुआत

१६ असोज, काठमाडौं । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको हो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । नेपालका […]

ओमानसँग नेपाल ७-२ ले पराजित

११ असोज, काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले […]

नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज

१० असोज, काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका […]

फुटबल र क्रिकेट कप्तानलाई पनि प्रबल जनसेवाश्री

२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।संविधान दिवसका अवसरमा सरकारले विभिन्न विभूषण र पदकको पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनि […]

एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

२ असोज, काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र […]

नेपाल भारतसँग फेरि पराजित

२० भदौ, काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल । प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको अर्थ साफमा पनि हार्छौं भन्ने होइन । तर हामी दुबै खेल जित्न चाहन्छौं । फिफा र्‍याङ्किङका लागि […]

दशरथ रंगशालामा फुटबलसँगै फर्किएको खुशी

१७ भदौ, काठमाडौं । कोरोना महामारीका बीच बिहीबार नेपाल र भारतको मैत्रीपूर्ण फुटबल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा केही हजार दर्शक समेत उपस्थित थिए । कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहरसँगै खेलकुद गतिविधि ठप्प भएको थियो । तर साफ च्याम्पियनसीपको तयारीका क्रममा नेपाल र भारतको मैत्रीपूर्ण खेल तय भयो । अन्तिम समयमा आएर […]

नेपाल भर्सेस भारत प्रिभ्यु : प्रतिष्ठादेखि साफको तयारीसम्म

१७ भदौ, काठमाडौं । नेपाल र भारतबीच जुनसुकै खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ । धेरै चर्चा पनि हुन्छ । हार र जितले फरक अर्थ राख्छ । अझ विश्वकै चर्चित फुटबल खेल हुँदा चर्चा नहुने कुरै भएन । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अक्टोबरमा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदैछ […]

राष्ट्रिय फुटबल टिमको क्याम्पबाट १४ खेलाडी बाहिरिए

३० असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्यालोज क्याम्पबाट १४ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले क्याम्पमा रहेका ५० खेलाडीबाट ३६ खेलाडी छनोट गरेका छन् । आगामी सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको अन्तिम चरणको छनोटका लागि नेपालले अहिले प्रशिक्षण गरिरहेको छ । अलमुताइरीले सुरुमा ५० खेलाडीलाई क्याम्पमा […]

नेपाल आइपुगे फुटबल टिमका प्रशिक्षक अलमुताइरी

५ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । विश्वकप र एसियन कप छनोट अन्तर्गत दाेस्राे चरणका खेलहरु सकिएपछि कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं आइपुगेका हुन् । अलमुताइरिलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यहरु मधुसुदन उपाध्याय र रुपेश अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । छनोटको खेलहरु सकिएपछि […]

कुवेतमा नेपाली फुटबल टोलीको अभ्यास

१९ जेठ, काठमाडौं । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत भोलि नेपालले पहिलो खेलमा चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जीवित राख्न चाहन्छ । विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम […]

कुवेतमा नेपाली टोलीको प्रशिक्षण (फोटो फिचर)

१८ जेठ, काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो । त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । […]

नेपाली फुटबल टोली कुवेत पुग्यो

१७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको हो । नेपाल आइतबार कुवेत पुगेको हो । त्यहाँ नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ । शनिबार भएको मैत्रीपूर्ण […]

नेपाली फुटबल टोली इराकबाट कुवेत जाँदै

१६ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकसंगको मैत्रीपूर्ण खेलपछि आइतबार कुवेत जाँदैछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी ३ खेल खेल्न नेपाली टोली इराकबाटै कुवेततर्फ गएको हो । नेपाली टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने र करिब […]

क्रिकेट र भलिबल रोकिए, फुटबल भने जारी

१९ वैशाख, काठमाडौं । राजधानी काठमाडौंलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अतिप्रभावित केही जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि यसको असर देखिन थालेको छ । निषेधाज्ञा लागू भएपछि नेपाल क्रिकेट संघ (क्यान) र नेपाल भलिबल संघ (एनभीए)ले सूचना जारी गर्दै तत्कालका लागि सबैखाले गतिविधि […]

घरेलु मैदानमा विराजको सन्यास

१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका डिफेन्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । घरेलु मैदानमा भएको थ्री नेसन्स कप फुटबलको फाइनलपछि विराजले सन्यास लिएका हुन् । ३१ वर्षीय विराजले यो प्रतियोगितापछि सन्यास लिने यसअघि नै बताइसकेका थिए । उनी त्रिदेव गुरुङको स्थानमा ८९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । नेपाल र […]

१४ नकआउट फुटबल प्रतियाेगिताकाे खेलतालिका सार्वजनिक

११ चैत काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने विभिन्न नकआउट गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । एन्फाको प्रतियोगिता विभागले बुधबार देशभर आयोजना हुने १४ गोल्डकप फुटबलको मिति सार्वजनिक गरेको हो । जसमा मोफसलकै चर्चित आहा रारा गोल्डकप लगायत छन् । आहा रारा यही चैत २२ देखि २८ गतेसम्म पोखरामा आयोजना […]

एनएसएल : धेरै खर्च गर्नेमा पोखरा र कम गर्ने बुटबल लुम्बिनी

६ चैत काठमाडौं । नेपाली फुटबलको इतिहासमा पहिलो पटक बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट गरेर टिम बनाइएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी वैशाखमा हुने पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार राजधानीको सोल्टी होटलमा प्लेअर अक्सन भएको हो । जसमा एनएसएल खेल्ने सात फ्रेन्चाइज टोलीले […]