Comments Add Comment

प्रचण्ड एमाओवादीको अध्यक्ष छाड्न सहमत

prachanda-baburam

२४ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्षनेताहरु डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउन सहमत भएका छन् ।

सकेसम्म चाँडो महाधिवेशन गर्ने र प्रचण्डले डा. बाबुराम भट्टराईलाई एक कार्यकालसम्म अध्यक्ष पद हस्तान्तरण गर्ने सहमति भएको हो ।

‘डा.भट्टराईलाई अध्यक्ष बनाउन प्रचण्ड सहमत हुनुभएको छ,’ एमाओवादी स्रोतले भन्यो, ‘यसका लागि सकेसम्म छिटो विशेष महाधिवेशन गर्ने सहमति भएको छ ।’

विशेष महाधिवशेनबारे छलफल गर्न मंसिर २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।

एमाओवादी नेता वर्षमान पुनको घरमा भएको शीर्ष नेताहरुको गोप्य बैठकमा डा. भट्टराईलाई पार्टी अध्यक्ष बनाउने सहमति भएको हो । सो बैठकमा प्रचण्ड पक्ष र भट्टराई पक्षमा करिब एक दर्जन शीर्षनेता सहभागी थिए ।

भट्टराईलाई अध्यक्ष बनाउने गरी भएको सहमतिअनुसार एक कार्यकाल अर्थात बढीमा चार वर्षपछि भट्टराईले नयाँ पुस्तालाई पद हस्तान्तरण गर्नुपर्ने छ ।

गोप्य बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सहभागी नगराइएको र भट्टराईलाई अध्यक्ष बनाउने अगि्रम सहमति भएकोमा उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

उता डा. बाबुराम भट्टराईले चाँहि आफूले पदीय भागवण्डाका लागि लागि नभई पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा अन्तरसंघर्ष गर्दै आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment