+
+
Shares

राप्रपा नेपालका नेता लावतीको अन्त्येष्टि आज

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३० गते ९:०२

Padma-Sundar-Laoti३० जेठ, काठमाडौं । पूर्वमन्त्री एंव राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको शनिबार अन्त्येष्टि गरिने भएको छ ।

लावतीको पार्थीव शरीरलाई दिउँसो एक बजे पशुपति आर्यघाटमा पुर्‍याइने लावतीका सहयोगी कृष्ण खनालले जानकारी दिए ।

अन्तिम श्रद्धाञ्जलीको लागि लावतीको पार्थीव शरीरलाई बिहान सात बजेदेखि टुँडिखेलको खुल्लामञ्चमा राखिएको छ । उनको पार्थीव शरीरलाई १० बजेदेखि १२ बजेससम्म लावती निवास ग्वार्कोमा राखिने र मध्यान्ह साढे १२ बजे पशुपति आर्यघाट तर्फ लगिने छ ।

लावतीको शोकमा पार्टी कार्यालय बन्द

नेता लावतीको शोकमा राप्रपा नेपालले तीन दिन पार्टी कार्यालय बन्द गरेको छ । जेठ २८ देखि ३० गतेसम्म देशभरका सम्पूर्ण पार्टी कार्यालय बन्द गरी १३ दिनसम्म पार्टीको झन्डा आधा झुकाउने राप्रपा नेपालले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा समवेदना

यसैबीच प्रधानमन्त्री शुशील कोइरालाले नेता लावतीको ७६ वर्षको उमेरमा निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै स्वर्गीय लावतीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

एक समवेदना वक्तव्य जारी गर्दै दिवङ्गत नेताको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन तथा स्वजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

काठमार्डौस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा जेठ २७ गते निधन भएको लावती पंचायत र बुहदलमा १२ पटक मन्त्री भएका हुन् । लावतीले २५ वर्ष संसदीय प्रतिनिधिको जिम्मेवारी वहन गरेका थिए । उनले गृह, कृषि, भूमीसुधार, उद्योग, वाणिज्य, सुचना तथा संचार, स्वास्थ्य, सामान्य प्रशासनलगायतका मन्त्रीको पदाभार सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?