३ असोज, काठमाडौं । एक युगमा आउने एक दिन अर्थात् जनताले लेखेको संविधान जारी भएको अवसरमा काठमाडौका स्र्वसाधरणले स्वतस्फूर्तरुपमा दीप प्रज्जवलन र आतिसबाजी गरेर खुसी मनाए ।
संविधानसभा भवन रहेको स्थान नयाँ बानेश्वर आसपास भेला भएका सर्वसाधरणले नयाँ संविधानलाई स्वागत गर्दै सडकमा दीप बाले । नयाँ संविधानले शान्ति र स्थायित्व प्रदान गर्ने उनीहरुको विश्वास थियो ।
त्यसो त सरकारले संविधानसभाको औपचारिक समारोह आयोजना गरेको संविधानसभा परिसर पनि कम्ती रमाइलो थिएन् । गोधुली साँझमा गरिएको अतिसबाजीले नयाँ बानेश्वरको माहौल बेग्लै बनाइदिएको थियो ।
भिडियो
राष्ट्रपतिले संविधान जारी भएको घोषणा लगत्तै सुरु भएको अतिसबाजी राती अबेरसम्म जारी थियो ।
जाती, धर्म, बर्ग, क्षेत्रीयता आदिलाई विर्सेर सवै तह र तप्काका मानिस संविधानलाई स्वागत गर्दा दंग थिए ।
तस्वीरः श्रीधर पौडेल, विकाश श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4