Comments Add Comment

राष्ट्रपतिले २६ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Bidhya-Bhandari

२१ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम वैशाख २६ गते संसदमा पेश हुने भएको छ ।

व्यवस्थापिकासंसदको बजेट अधिवेशन मंगलबारदेखि सुरू भएको छ । र, संसद सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रमको प्रारम्भिक समय तालिका बनाएको छ । जस अनुसार २६ गते अपराह्न बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी र्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रम सदन समक्ष प्रस्तुत गर्नेछन्

बजेट जेठ १५ मा प्रस्तुत हुनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी जेठ १५ गते अपराह्न बजे सदनमाबजेट प्रस्तुत गर्ने गरी संसद् सचिवालयले कार्यसूची बनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा संसद सचिवालयले चालु अधिवेशनका लागि तयार गरेको उक्त कार्यक्रम समय तालिकाको प्रारम्भिक खाका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलकासचेतकलाई उपलब्ध गराइएको थियो

संसद् सचिवालयका अनुसार भूकम्पपछिको पुनःनिर्माण, मुलुकका विभिन्न स्थानमा भएका आगलागी लगायत समसामयिक विषयमा  वैशाख २२ २३ गते संसद्को पूर्ण बैठकमा छलफल हुनेछ अर्थमन्त्री पौडेलले वैशाख २३ गते संसद् समक्ष पेस गर्र्ने पूर्वबजेट अर्थात् बजेटको सिद्धान्त प्राथमिकतामाथि वैशाख २४ २५ गते छलफल गरिने

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि अध्ययन संशोधन गर्न वैशाख २७ गते बिहान ११ देखि बजेसम्मको समय प्रस्ताव गरिएको सदनमा वैशाख २८ देखि ३० गतेसम्म छलफल हुने सरकारको नीतितथा कार्यक्रम पारित गर्नका लागि वैशाख ३१ गते निर्णयार्थ प्रस्तुत गरिने

सरकारले आह्वान गरे अनुसार राजनीतिक दलले भूकम्पपछिको पुनःनिर्माणमा स्वयम्सेवी परिचालन गर्ने सन्दर्भलाई दृष्टिगत गरेर जेठ देखि १२ गतेसम्म संसद्को बैठक नराखिने भएको जेठ १३ गते मुलुकको आर्थिक सर्भेक्षण प्रस्तुत गरिने भने बजेटमाथिको सामान्य छलफलका लागि जेठ १७ देखि १९ गतेसम्मकोदिन प्रस्ताव गरिएको

अर्थमन्त्रीबाट बजेट छलफलका क्रममा उठेका प्रश्नको जेठ २० गते जवाफ दिएपछि संसद्को बैठक जेठ २१ देखि३२ गतेसम्म बस्ने छैन विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल विनियोजन विधेयक पारित गर्ने समय असार देखि १५ गतेसम्मको दिन छुट्याइएको

नीति तथा कार्यक्रम पूर्वबजेट छलफल बिहान ११ देखि बजेसम्म हुने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।  भूकम्पपछिको पुनःनिर्माण समसामयिक विषयमा वैशाख २२ २३ गतेहुने छलफलका लागि १२ घन्टाको समय निर्धारण गरिएकाले सांसदलाई बोल्न दलीय आधारमा समय प्रदान गरिने उल्लेख  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment