Comments Add Comment

‘बिप्लवले राखेको बम’ बाँदरले खोसेपछि केहीबेर बबाल !

मतदातालाई तर्साउन नक्कली बमको बिगबिगी: प्रहरी

२० मंसिर, काठमाडौं । मंगलबार बिहान धरानमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तुरुन्त प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना र प्रहरीको संयुक्त टोली त्यहाँ पुग्यो । र, डिस्पोज गर्ने तयारी सुरु भयो । स्थानीय त्रसित थिए ।

त्यसैबीच एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो । र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी र स्थानीयवासी आश्चर्य चकित भए ।

बाँदरले शंकास्पद वस्तु लगेपछि प्रहरी टोली हैरान भयो । उनीहरुले बाँदरलाई पछ्याउन थाले । बाँदरले कहाँ लगेर ‘बम’ छाड्ने हो पत्तो नभएपछि प्रहरीका लागि समेत सम्भावित दुर्घटना हुनबाट रोक्न चुनौतिपूर्ण बन्यो ।

केहीबेरको दौडपछि बाँदरले शंकास्पद भनिएको वस्तुलाई च्यात्यो ।

‘शंकास्पद वस्तु च्यातिनेबित्तिकै अब के हुने हो भनेर सबै भाग्न थाले’, एकजना प्रत्यक्षदर्शीले भने, ‘तर, त्यहाँ केही भएन ।’

लगत्तै त्यहाँ गएर हेर्दा एउटा कागजमा लेखिएको थियो, ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरि बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ ।’

वास्तवमा त्यो बिफोटक पदार्थ नभएर मानिसहरुलाई आतंकित बनाउन राखिएको वस्तु मात्रै रहेछ ।

‘भुइँमा भएको भए त्यहीँ डिस्पोज गरिन्थ्यो’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी मनोज न्यौपानेले अनलाइनखबरसँग भने, ‘तर, बाँदरले बोकेर हिँडेपछि बढी आतंक सिर्जना भयो । केहीबेरमै त्यो बम नभएर ‘होक्स’ मात्र भएको पुष्टि भयो ।’

निर्वाचनको अवधिमा प्रहरीले हतियार ६१ थान, २ सय ८३ राउण्ड गोली, २ हजार १ सय ८८ पिस डेटोनेटर, ४ सय ४४ लोला १ सय ग्राप जिलेटिन, झण्डै १२.८ केजी बारुद, २ सय २३ मिटर फ्युज वायर, ५ सय ८० पटका र बम बनाउन प्रयोग हुने अन्य विभिन्न सामग्रीसमेत बरामद गरेको छ

डीआइजी न्यौपानेका अनुसार निर्वाचनको समयमा भेटिएका अधिकांश शंकास्पद वस्तु बम थिएनन् ।

‘बमलाई डिस्पोज गर्न विष्फोटक पदार्थ नै प्रयोग हुने भएकाले आवाज आउनेवित्तिकै बम सम्झिएर मानिसहरु आतंकित भएका छन्’, उनी भन्छन्, ‘तर, निर्वाचनको आसपास करिब ७ ठाउँमा मात्रै बम भेटिएका छन् ।’

प्रहरी प्रधान कार्यालयका अनुसार बारा, दाङ, बाँके, काठमाडौंको चपली, उदयपुरलगायतको क्षेत्रमा भेटिएका शंकास्पद वस्तु मात्रै बम भएको पुष्टि भएको छ ।

ती क्षेत्रमा भेटिएका बम ‘होम मेड’ हुन् । तर, अधिकांश ठाउँमा नक्कली ‘बम’ राखेर आतंक सिर्जना गरी निर्वाचन बिथोल्न खोजिएको प्रहरीको निष्कर्ष छ ।

‘रेडबुल’देखि ‘गिलास बम’सम्म !

बुधबार निर्वाचन लक्षित सुरुक्षा व्यवस्थाको बारेमा जानकारी दिन प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन नै आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता न्यौपानेले अधिकांश ठाउँमा घरेलु बम राखिएको बताए ।

सामान्य बारुद राखेर मान्छेलाई तर्साउन खोजिएको भेटिएको प्रहरीको निष्कर्ष छ ।

गत २६ कात्तिकमा रोल्पामा माओवादी नेता वर्षमान पुनलाई लक्षित गरी विष्फोट भयो । त्यहाँ रेडबुलमा विष्फोटक पदार्थ राखिएको भेटिएको थियो । झापामा गिलासमा विष्फोटक पदार्थ राखेको भेटियो ।

घरेलु ‘बम’ भएकाले प्रहरीले जुन वस्तुमा विष्फोटक पदार्थ भेट्यो त्यसैबाट बमको नामाकरण गर्ने गरेको छ । यसरी रेडबुल बमदेखि गिलास बमसम्म राखेर मतदाताहरुलाई तर्साउन खोजिएको प्रहरीको भनाइ छ ।

९६८ जना पक्राउ

प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न ९ सय ६८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ सय जना विप्लव कार्यकर्ता छन् । त्यस्तै, १३ जना सिके राउतका कार्यकर्ता छन् भने अन्य ३ सय ५५ जना पक्राउ परेका छन् ।

बम कसले विष्फोट गराएको हो भन्ने कुरामा लामो समयसम्म मौन बसेको प्रहरीले बुधबार भने मुख खोलेको छ । प्रहरीले देशभर गराइएका श्रृङ्खलाबद्ध विष्फोट विप्लव समूहले नै गराएको निष्कर्ष निकालेको हो ।

निर्वाचनका दिनमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरेर सम्पूर्ण सुरक्षा व्यवस्था मजबुद बनाइएको भन्दै प्रहरीले कुनै पनि प्रकारको त्रुटी नहुनेसमेत जनाएको छ । साथै, विप्लव समूहमाथि थप अनुसन्धान पनि भइरहेको प्रहरीको भनाइ छ ।

विष्फोटको घटनामा संलग्न भएको भन्दै प्रहरीले कास्कीबाट ३, बारा, भोजपुर, सिरहा र उदयपुरबाट १/१ जना गरी १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

निर्वाचनको अवधिमा प्रहरीले हतियार ६१ थान, २ सय ८३ राउण्ड गोली, २ हजार १ सय ८८ पिस डेटोनेटर, ४ सय ४४ लोला १ सय ग्राप जिलेटिन, झण्डै १२.८ केजी बारुद, २ सय २३ मिटर फ्युज वायर, ५ सय ८० पटका र बम बनाउन प्रयोग हुने अन्य विभिन्न सामग्रीसमेत बरामद गरेको छ ।

एउटा मतदान केन्द्रमा ५६ जनासम्म सुरक्षाकर्मी

प्रहरी प्रधान कार्यालयका अनुसार एउटा मतदान केन्द्रमा अधिकतम ५६ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘मतदाताको संख्या, सदरमुकामदेखिको दूरी लगायतका आधारमा सुरक्षाकर्मीको सङ्ख्या तय गरिएको छ’, प्रहरी प्रवक्ता न्यौपाने भन्छन्, ‘आवश्यक पर्दा २ मिनेटभित्र सुरक्षाकर्मी पुर्‍याउन सकिने ठाउँमा कम सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

साथै, हेलिकोप्टरसहित आवश्यक फोर्ससमेत तैनाथ राखिने जनाइएको छ ।

यो पनि पढ्नुस्

निर्वाचन सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म

प्रहरीको निष्कर्षः देशभरि विष्फोट गराउने समूह विप्लव नै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment