Comments Add Comment

बाँदर भनेर बन्दुक चलाउँदा मान्छेलार्इ लागेपछि…

१८ पुस, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ का ६२ वर्षीय धनबहादुर थापा छन् ।

बन्दुक प्रहार गर्ने स्थानीय ३६ वर्षीय बलबहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनले घर नजिकैबाट जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले प्रहरी चौकी प्रभाषको टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment