Comments Add Comment

रुपन्देही बन्द फिर्ता, बलुसँगै दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमति

२३ पुस, बुटवल । बसन्त पौडेल बलुसँगै दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्नेसहित ६ बुँदे सहमति गरेपछि युवा संघले रुपन्देही बन्द फिर्ता भएको छ ।

बलुको हत्याको विरोधमा युवा संघले शनिबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको थियो ।

आइतबार भएको वार्तामा स्थानीय प्रशासनले हत्यामा संलग्नहरुलाई छिट्टै पक्राउ गर्ने, मृतक बलुसँगै एक वर्षअघि हत्या भएका दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्ने, शान्ति सुरक्षा दिने लगायतको सहमति गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भने, ‘६ बुँदे सहमति भएको छ । त्यसमा बलुसँगै तिवारीलाई सहिद घोषणाका लागि केन्द्रमा सिफारिस गर्ने पनि उल्लेख छ ।’

यो सहमतिसँगै युवासंघ र अनेरास्ववियुले बन्द फिर्ता लिएका छन् । साथै, सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दुबै संगठनले दिएका छन् ।

फर्निचर व्यवसायी समेत रहेका युवा संघका कार्यकता बलुको शुक्रबार अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो । घटनाको मनोज पुनले जिम्मा लिएको छ तर, प्रहरीले हत्यामा पुनको संलग्नताबारे केही बताएको छैन ।

याे पनि पढ्नुस् 

बलु पौडेल हत्याः काठ अर्डर गर्न भन्दै आए, गोली हानेर भागे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment