७ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई पक्राउ गरेको छ ।
ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।
लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4