+
+

ताला र सीसी टीभी फुटाएर चोरी गर्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २७ गते १६:१२

२७ असार, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले उपत्यकाको विभिन्न स्थानमा घर, सहकारी तथा वित्तिय संस्थाको ताला फोडेर सीसी टीभी समेत फुटाउँदै चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाले त्यसरी चोरीमा संलग्न भएको आरोपमा नुवाकोटका २९ वर्षीय बुद्धे, दिपेश भनिने बुद्धबहादुर तामाङ र २२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले ९ असारमा तारकेश्वर–९, शुभकामना चोकस्थित कोपिला धमला अधिकारीको घरको ताला फोडेर दराजमा रहेको ११ लाख ८२ हजार रुपैयाँ, सुनको ब्रासलेट लगायत चोरी गरेर भागेका थिए ।

अनुसन्धानका गर्ने क्रममा उनीहरुलाई चोरीको १ लाख ९९ हजार रुपैयाँ, चोरीमा प्रयोग गरिउको फलामको रड, सुन चाँदीका गरगहना लगायतसहित पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले पुरानो गुहेश्वरी, बालाजु, मनमैजु, ललितपुरको हात्तिवन लगायतका क्षेत्रमा चोरी गरेको खुलेको बताइएको छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?