Comments Add Comment

वाईसीएलका सिन्धुली अध्यक्ष पुष्पराज श्रेष्ठ पक्राउ

२६ भदौ, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले योङ कम्युनिष्ट लिग (वाईसीएल) का सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई–५ घर भइ हाल गौशाला बस्दै आएका ३६ वर्षीय श्रेष्ठलाई प्रहरीले सर्वसाधारणलाई धाकधम्की र गालीगलौज गरेको आरोपमा पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले ठेकेदार काम गर्ने ४० वर्षीय रामबहादुर कटुवाललाई हतियार देखाएर धाकधम्की र गालीगलौज गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

सिंहका अनुसार पक्राउ परेका श्रेष्ठमाथि सिन्धुलीसहित विभिन्न जिल्लामा ज्यान मार्ने उद्योगमा ४ वटा, सार्वजनिक अपराध अन्तरगत दुई र अपहरण सम्बन्धी एउटा मुद्दा दर्ता भएका छन् ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment