+
+
Shares

सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १८:३६

३० जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय हेमराज थापा छन् । थापा सोही पार्टीका विद्यार्थी नेता पनि हुन् ।

काठमाडौं प्रहरीका प्रवक्ता राजकुमार केसीले उनलाई न्यूरोडबाट पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले टेकुस्थित हिरासतमा राखेका छौं, अनुसन्धान गरिरहेका छौं ।’

गिरीको विशालनगरस्थित घरमा मंगलबार उनीहरुले तोडफोड र कालोझण्डा देखाएका थिए । त्यसपछि असुरक्षित भएको भन्दै गिरीले प्रहरीलाई खबर गरेकी थिइन् ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ ।

तर, सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?