Comments Add Comment

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन र रुपन्देहीका ३/३ जना, सुनसरीका २ तथा मोरङ, झापा, धनुषा, ललितपुर, भक्तपुर, कास्कीका एकएक जनाको मृत्यु भएको हो ।

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरमा ४ हजार ३६४ जना संक्रमित थपिएका छन् र कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

  • दमक नगरपालिका-१, झापाका ५२ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनी १८ असोजमा अस्पताल भर्ना भएका थिए र, त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • होम आइसोलेसनमा बसेका बिराटनगर महानगरपालिका-५, मोरङका ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास फेर्न गाह्रो गाह्रो भएपछि परीक्षण गर्दा १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धरान उपमहानगरपालिका-८, सुनसरीका ४६ वर्षीय पुरुषको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २० असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई कोरोना स.क्रमण भएको त्यही दिन पुष्टि भएको थियो ।
  • धरान उपमहानगरपालिका-१०, सुनसरीका ३९ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । १२ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।
  • शहीदनगर नगरपालिका-१, धनुषाका ७० वर्षीय पुरुषको बुधबार प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मुटुुसम्बन्धी रोगबाट पीडित उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि २० असोजमा अस्पतालमा भर्ना भएका थिए ।
  • तारकेश्वर, काठमाडौंका ५८ वर्षीय पुरुषको बुधबार वीर अस्पतादमा मृत्यष्ु भएको छ । मिर्गौलासम्बन्धी ससमस्याभएका उनी ३० भदौमा अस्पताल भर्ना भएका थिए भने १६ असोजमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
  • चाबहिल, काठमाडौंकी ७९ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । दमको समस्या भएकी उनी १६ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।
  • बुद्धनगर, काठमाडौंका ९१ वर्षीय पुरुषको बिहीबार पाटन अस्पतालमा मृत्यु भएको छ । १७ असोजमा अस्पताल भर्ना भएका उनलाई २० गते संक्रमण पुष्टि भएको थियो ।
  • भरतपुर-१, चितवनका ९२ वर्षीय पुरुषको बुधबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । १९ असोजमा अस्पताल भर्ना भएका उनलाई २० गते संक्रमण पुष्टि भएको थियो । उनलाई दम र उच्च रक्तचापको समस्या पनि थियो ।
  • राप्ती, चितवनका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । २० असोजमा कारोना संक्रमण पुष्टि भएपछि एम्बुलेन्समा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
  • भरतपुर-२, चितवनका ८१ वर्षीय पुरुषको बुधबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । १९ गते संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
  • सुगाल, ललितपुरका ७३ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल पुगेकी उनलाई ८ असोजमै संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरकी ८२ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १३ असोजमा अस्पताल पुगेका उनलाई त्यही दिन संक्रमण पुष्टि भएको थियो ।
  • कास्कीका ८३ वर्षीय पुरूषको बिहीबार पाटन अस्पताल, ललितपुरमा मृत्यु भएको छ ।
  • बुटवल उपमहानगरपालिका-६, रुपन्देहीका ४७ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि ओम आइसोलेसनमा बसेका उनी बुधबार दिउँसो अस्पताल भर्ना भएका थिए ।
  • बुटवल उपमहानगरपािलका-६, रुपन्देहीका ८० वर्षीय पुरुषको बिहीबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्त चापका समस्या समेत भएका उनी स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।
  • सिद्धार्थनगर नगरपालिका-५, रुपन्देहीका ४७ वर्षीय पुरुषको बुधबार युनिभर्सल मेडिकल कलेज, भैरहवामा मृत्यु भएको छ । उनलाई १३ असोजमा संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि १४ गते अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment