Comments Add Comment

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

३ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेपछि ६ प्रदेशसभा सदस्य भएको कांग्रेसले समर्थन गर्ने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘हामी भागेर पनि जादैनौंं, मत दिँदैनौं पनि भन्दैनौं । जो कमजोर छ, उसलाई मत दिने भयौं ।’

आफूहरुले मत दिँदा मुख्यमन्त्रीलाई बहुमत पुग्दैन भन्ने जानेर नै निर्णय गरेको उनले बताए ।

मुख्यमन्त्री शाही आवद्ध दल माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ जनाले मत दिए मुख्यमन्त्रीको पक्षमा १८ पुग्छ । तर ३९ सदस्यीय प्रदेशसभाको बहुमतका लागि उनलाई २० मत चाहिन्छ ।

एक प्रदेशसभा भएको राप्रपाले तटस्थ बस्ने घोषणा गरेको छ । त्यसैले १९ प्रदेशसभा सदस्य भएको एमालेबाट फ्लोर क्रस नभए शाहीले विश्वासको मत पाउने छैनन् ।

त्यसो भएमा मुख्यमन्त्री शाही पदमुक्त हुन्छन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment