Comments Add Comment

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ

२७ असार, बाँके । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजनालाई पक्राउ गरेको छ ।

नेपालगञ्‍ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तुसहित ३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका-१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा रहेका छन् ।

उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तुसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment