
२८ असार, रामेछाप । सशस्त्र प्रहरीले रामेछापबाट बुद्धचित्तसहित चारजनालाई पक्राउ गरेको छ ।
खाँडादेवी गाउँपालिका-१ स्थित खैरेनीघाट पुलबाट १२ केजी बुद्धचित्तसहित चारजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका-९ का ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामाङ, ३५ वर्षीय रबिन लामा र २९
वर्षीय जगत तामाङ रहेका छन् ।
पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4