Comments Add Comment

लागुऔषधसहित ९ जना पक्राउ

१८ साउन, काठमाडौं । प्रहरीले अवैध लागू औषध कोकिन र सुनसहित ९ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरवाट खटिएको प्रहरी टोलीले १ के.जी ५१२ ग्राम कोकिन र २ किलो ४ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपूर महानगरपालिका-७ प्रेमबस्तीबाट गोरखा बारपाक सुलिकोट गाउँपालिका ५ घर भइ हाल काठमाडौं महानगरपालिका-३ रानीबारी बस्‍दै आएका ४५ वर्षीया सुरोज गुरुङ, काठमाडौं महानगरपालिका-३ रानीबारी बस्‍दै आएकी ४३ वर्षीया अन्जु थापा मगर, काठमाडौं महानगरपालिका-३ रानीबारी बस्‍दै आएकी ३९ वर्षीया मुना तामाङ, रानीबारी नै बस्‍दै आएकी २८ वर्षीय रक्की आले मगर र रानीबारी नै बस्‍दै आएका २३ वर्षीया रायल थापा मगर रहेका छन् ।

प्रहरीले सुरोज गुरुङको साथबाट लागू औषध कोकिन ६८३ ग्राम, नगद रू.३ हजार ५७५ र डिजिटल तराजु थान १ बरामद गरेको छ भने अन्जु थापा मगरको साथबाट लागू औषध कोकिन ३२९ ग्राम र नगद ७ लाख ५० हजार नगद बरामद गरेको छ ।

यस्तै प्रहरीले टोखा नगरपालिका ८ जालपा चोकबाट भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीया न्दिप पटेललाई डिजिटल तराजुसहित पक्राउ गरेको छ । यस्तै निलकण्ठ नगरपालिका-११ बस्ने २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका-२३ झोछटेबाट ४९ वर्षीय सुदन शाक्‍य र कोटेश्वरबाट नीलकण्ड नगरपालिका-११ बस्‍ने २७ वर्षीय मछिन्द्र धमलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद लिई थप बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment