+
+

बागमती प्रदेश सभाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते ११:०२
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

२४ असोज, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।

शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरे पनि एकिन भने नभएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

भोटिङमा तत्काल जानैपर्ने विपक्षको जोड

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ र त्यो तत्काल भोटिङमा लैजानुपर्ने विपक्षी गठबन्धनको जोड छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री युवराज दुलाल (शरद)ले भने, ‘संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले आज वा भोलि विश्वासको मत लिनैपर्छ । तर सत्ता पक्ष प्रक्रिया सुरु भयो भनेर ढाँट्ने र अझै पनि अनैतिक ढंगले बसिरहने षडयन्त्रमा लागेको छ । हाम्रो गठबन्धनको जोड चाहिँ संवैधानिक व्यवस्था अनुसार विश्वासको मत छिनोफानो गर्न भोटिङमै जानैपर्छ भन्ने छ ।’

बागमती प्रदेश सभाका कूल १०९ सांसदमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।

विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?