+
+

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १४:१७

१५ मंसिर, सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

बैठकमा एमालेका कोही पनि सांसद सहभागी छैनन् । यसअघि मुख्यमन्त्री शाहीले मंगलबार विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै बुधबारका लागि सारिएको थियो । तर बुधबार पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी भएनन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताए ।

‘उहाँहरुको पनि भरोसा र सद्भावना देखियो, उपस्थिति नहुनु पनि समर्थन हो’ उनले भने ।

कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताए ।

‘प्रमुख प्रतिपक्षीलाई बाहिर राखेर सदन सञ्चालन गर्ने हाम्रो मनसाय होइन । तर हामीसंग संवैधानिक बाध्यता छ, मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । आज ३० दिन पुगेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment