+
+

जग्गा खरीद गरिदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १९:४५

६ पुस, काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा खरीद गरिदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका २ घर भइ हाल काठमाडौं बौद्ध बस्‍दै आएका ५३ वर्षीय दुर्गाबहादुरी भण्डारी रहेका छन् ।

जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं.६ थलीमा लुकिछिपी हिडी रहेको अवस्थामा उनलाई प्रहरी वृत बौद्धले पक्राउ गरेको हो ।

उनले ८ जनाबाट १ करोड ६६ लाख ५० हजार ठगी गरेको अनुसन्धानबाट खुल्‍न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?