+
+

अटाे चालक हत्या आरोपी युवक झापाबाट पक्राउ

नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियाेगमा एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते २०:३३

२६ माघ, चितवन । नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियाेगमा एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ। भुजेल घटना लगत्तै फरार थिए ।

गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा पान गरेको र पछि भुजेलले नै गिरीकाे हत्या गरेको प्रहरीको दावी छ । गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नवलपुर प्रहरीको विशेषटोलीले उनलाई पक्राउ गर्न सफल भएको स्रोतले बताएको छ ।

५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरी शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?