+
+

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ

सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते २०:२५

१३ असार, जनकपुरधाम । सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ पर्नेमा सोही ठाउँकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला साह छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यी दुबैले ११ असारको दिउँसो १२:३० बजेतिर कामैतलाई मलमूत्र खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?