+
+

काठमाडौंका ६ क्यासिनोमा प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते २२:०२

३० असार, काठमाडौं । काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको छ ।

बुधबार साँझ काठमाडौं प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकैपटक ६ क्यासिनोमा छापा हानेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड, छाँया सेन्टरको क्यासिनो वाल्डो, होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमा छापा हानेको हो ।

यस विषयमा काठमाडौं प्रहरीले औपचारिकरुपमा केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?