+
+

नागपोखरीस्थित सन्तोषी मन्दिरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १९:१३

२ साउन, काठमाडौं । नक्सालको नागपोखरीस्थित सन्तोषी मन्दिरको मूर्तीमा जडित सुनचाँदी चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककी १८ वर्षीया सबिना पराजुली, गुल्मीकी २५ वर्षीय विष्णु पछाई र सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार उनीहरुको साथबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको सिसा दानी, चाँदीको ऐना, गिलास, दियो, सिक्का, माला, लकेट लगायत बरामद भएको छ ।

पक्राउ परेका तीनजना माथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको मैनालीले बताए ।

सन्तोषी माता सेवा समितिका अध्यष शान्तकुमार श्रेष्ठका अनुसार २२ असारमा मध्यराति मन्दिरको मुख्य ढोकामा लगाइएको ताला फुटाएर गरगहना तथा चढाएको पैसा लगायत चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?