+
+

पाकिस्तानमा ६ बालबालिकासहित ८ जना केवल कारमा फसे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १७:०४

५ भदौ, काठमाडौं । पाकिस्तानमा ६ बालबालिकासहित ८ जना एउटा केबल कारमा फसेका छन् ।

विद्यालय हिँडेका उनीहरू चढेको केबल कारको तार अड्किएपछि उनीहरु ८ घन्टादेखि जमिनबाट २७४ मिटरमाथि रोकिएका छन् । केवलकारका ३ मध्ये २ वटा तार चुँडिएपछि उनीहरु अड्किएका हुन् ।

खैबर पख्तुनख्वाको बट्टाग्राममा दुई पहाडलाई जोड्ने केवल कारमा उनीहरु अड्किएका हुन् । पहाडी खोँच वारपार गर्नका लागि त्यो केबल कार स्थानीयबासिन्दाले आफ्नै पहलमा बनाएका थिए, जुन सुधारिएको तुइन जस्तै छ ।

केवल कारमा अड्किनेमा ६ जना १० वर्षमुनिका छन् । यस्तै १ जना १६ वर्षका र अर्का एक जना २० वर्षका छन् ।

उनीहरुको उद्धारका लागि हेलिकप्टरहरू घटनास्थलमा पुगेका छन्, तर तीव्र हावाले उद्धार कार्यमा बाधा पुर्‍याएको बीबीसीले जनाएको छ ।

एक उद्धारकर्ताले हेलिकप्टरबाट झुण्डिएर उनीहरु अड्किएको ठाउँमा पुग्ने प्रयास गरिरहेको भिडियो सामाजिक सञ्जलामा आएको छ । उद्धार हेर्ने रमितेहरुको त्यो पहाडी क्षेत्रमा भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?