+
+
Shares
पतञ्जलि जग्गा प्रकरण :

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय मगाउन अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध मुद्दा चलाउने निर्णयको फाइल मगाउन आदेश दिएको छ।
  • विशेष अदालतका सदस्यहरूले २५ मंसिर २०६९ मा भएको निर्णय र उजुरी समेत माग गर्न आदेश दिएका छन्।
  • विशेष अदालतले सरकारी साक्षीहरूलाई झिकाउन र आरोपितहरूलाई आफ्ना साक्षी पेश गर्न आदेश दिएको छ।

२९ मंसीर, काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मंसिर २०६९ मा भएको निर्णय र उजुरी समेत मगाउन आदेश दिएको हो ।

विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालय मार्फत सरकारी साक्षीहरूलाई झिकाउन आदेश दिएको छ । अनि आरोपितहरूलाई पनि आफ्ना साक्षी पेश गर्न आदेश दिएको छ ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?