+
+
Shares

चेन्नईमा गरियो नेपाल प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतको चेन्नईमा आयोजित ट्राभल एन्ड टुरिजम् फेयरमा दक्षिण एसियाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सहभागिता जनाएको छ।
  • नेपालले उक्त मेलामा 'बेस्ट डेकोरेसन अवार्ड' प्राप्त गरेको छ।
  • नेपाल पभेलियनले भारतीय ट्राभल व्यवसायीसँग व्यवसायिक अन्तरक्रिया र नेटवर्किङको अवसर सिर्जना गरेको बोर्डले जनाएको छ।

८ चैत, काठमाडौं । भारतको चेन्नईमा आयोजित ट्राभल एन्ड टुरिजम् फेयर (टीटीएफ) मा नेपाललाई दक्षिण एसियाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा प्रस्तुत गरिएको छ ।

नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा उपस्थिति जनाएको बोर्डले जनाएको छ । मार्च २० देखि २२ सम्म चेन्‍नई ट्रेड सेन्टरमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले ‘बेस्ट डेकोरेसन अवार्ड’ समेत प्राप्त गरेको छ । नेपालको तर्फबाट बोर्डको नेतृत्वमा निजी क्षेत्रका १२ पर्यटन व्यावसायिक कम्पनीका प्रमुख तथा प्रतिनिधिले मेलामा सहभागिता जनाएका थिए ।

नेपाल पभेलियनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र विविध पर्यटन उत्पादनलाई जीवन्त रूपमा प्रस्तुत गर्दै भारतीय ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर र ट्राभल एजेन्टहरूसँग व्यवसायिक अन्तरक्रिया (बीटुबी) र नेटवर्किङको अवसर सिर्जना गरेको बोर्डको दाबी छ । मार्च २० मा सुरु भएको मेलामा १२ भन्दा बढी भारतीय राज्य र पाँच देशका २५० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको थियो ।

कार्यक्रम उद्घाटनपछि तमिलनाडु पर्यटन विकास नियोगका प्रमुख तथा आईएसजे इनोसेन्ट दिव्या, महाराष्ट्र पर्यटन निर्देशनालयका निर्देशक डा. बीएन पाटिल र भारतको पर्यटन मन्त्रालयका क्षेत्रीय निर्देशक डी वैंकटेसा लगायतले नेपाल पभेलियन अवलोकन गरेका थिए । जहाँ उनीहरुले नेपालको पर्यटन सम्भावना र द्विपक्षीय पर्यटन सहकार्य विस्तारका विषयमा जानकारी लिएका थिए ।

भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटन स्रोत बजारका रूपमा रहँदै आएको छ । विशेषगरी दक्षिण भारतीय राज्यहरू तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश र केरलाबाट आउने पर्यटकहरूको संख्या पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ । बढ्दो आयस्तर, सुदृढ हवाई सम्पर्क र नेपालप्रति रहेको धार्मिक तथा सांस्कृतिक निकटताले भारतीय पर्यटकका लागि नेपाल थप आकर्षक गन्तव्यको रुपमा स्थापित गरेको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक सन्तोष घिमिरे र वरिष्ठ अधिकृत रोशनी पौडलले नेपालको धार्मिक, सांस्कृतिक, साहसिक र आतिथ्य सत्कारबारे जानकारी दिँदै भारतीय पर्यटकलाई नेपाल घुम्नका लागि आमन्त्रण गरेका थिए । टीटीएफ चेन्‍नईजस्ता कार्यक्रम दक्षिण भारतीय बजारसँगको सम्बन्ध अझ गहिरो बनाउने दीर्घकालीन रणनीतिक पहलका रूपमा बोर्डले सक्रिय उपस्थिति जनाएको वरिष्ठ अधृकत पौडेलले बताइन् ।

उनले भनिन्, मेलामा राखिएको नेपाल पभेलियनले सांस्कृतिक र प्राकृतिक विविधताको उत्कृष्ट प्रस्तुति गर्दै ‘बेस्ट डेकोरेशन अवार्ड’ प्राप्त गरेको हो । जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ब्रान्डिङलाई थप मजबुत बनाएको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?