+
+
Shares

विरुवामा पानी हालेर गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन्।
  • उनीहरूले दीप प्रज्ज्वलन र विरुवामा पानी हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका हुन्।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोह कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ ।

पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।

सोहीअनुसार विशेषको पक्षमा लागेका महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएका छन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?