Comments Add Comment

भीम रावल

List Grid
मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकता सिक्न भीम रावलको आग्रह

२५ जेठ, काठमाडौं । विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्न सक्ने उल्लेख गरेका छन् । ‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?,’ रावलले लेखेका छन् । भट्टलाई […]

राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल

१७ जेठ, काठमाडौं । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् । कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले […]

नागरिकताका विषयमा भीम रावलले फैलाएको अफवाह

११ जेठ, वीरगञ्ज । पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा रहेको र प्रशासन कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवा पनि बन्द रहेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका रावलको टिप्पणीले धेरै मानिस अचम्ममा परे । सरकारले नेपाल […]

अध्‍यक्ष ओलीसँग हाम्रो अडान कायमै छ : भीम रावल

३१ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा सञ्‍चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका […]

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

२९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ ।’ ‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । […]

ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन् । नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे । बुधबार नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो […]

अवैधानिक अध्यक्षले गरेको कारबाही अस्वीकार्य : भीम रावल

१६ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि भएको कारबाही अस्वीकार्य भएको बताएका छन् । आफू र माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन् । पहिलो […]

अध्यक्ष ओलीलाई रावलको प्रतिप्रश्न : १८ करोड दुरुपयोग गर्न खोजेको हो ?

१२ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् । महासचिव ईश्वर पोखरेलले ७ चैतको निर्णयअनुसार सोधेको स्पष्टीकरणमा रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप समेत लगाइएको थियो । रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा त्यसको खण्डन गरेका छन् । साविकको नेकपामा […]

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार […]

भीम रावललाई प्रधानमन्त्रीको जवाफ : तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् । संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए । सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ […]

भीम रावलको प्रश्न : प्रधानमन्त्रीको पार्टी कुन हो ?

२३ फागुन, काठमाडौं । सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् । संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो । संसदको आइतबार बसेको प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विषेश समय […]

प्रधानमन्त्रीले सांसद हटाउने कुरा झूट र भ्रमपूर्ण : भीम रावल

१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको बताए । नेकपा ओली समूहका संसदीय दलका प्रमुख […]

राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् : भीम रावल

२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षका नेता भीम रावलले राष्ट्रपति र प्रधानमन्त्रीलाई राज्य ठान्नु गलत भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा राखेको अभिव्यक्तिलाई लिएर आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गरे लगत्तै पूर्वगृहमन्त्री समेत रहेका नेता रावलले यस्तो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति वा प्रधानमन्त्री जस्ता पदाधिकारीको […]

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेर झूट किन बोल्नुभएको ?

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौ‌ं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाई‌ंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ […]

भीम रावलको स्पष्टीकरण :  ‘साइबर सेना’ ले कुप्रचार गरे

२४ पुस, काठमाडौं । संसद विघटनसँगै दुई खेमामा विभाजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताहरु आरोप-प्रत्यारोपमा व्यस्त छन् । उनीहरुले आरोप-प्रत्यारोपका क्रममा नेताहरुले राजनीतिक शिष्टतासमेत बिर्सन थालेका छन् । यसवीचमा नेताका भनाइबारे ‘फेक न्युज’ हरु समेत आएका छन्् र, त्यही न्युजलाई प्रयोग गरेर नेताहरुको आलोचना भइरहेको छ । पछिल्लो समय प्रधानमन्त्री र सरकारको आलोचना गर्दै […]

हेगको धम्की नदेऊ : रावल

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पूर्वमाओवादी नेताहरुलाई ‘हेग’ पुर्‍याउने धम्की नदिन चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अछाम–काठमाडौं सम्पर्क मञ्चको भेलामा नेता रावलले द्वन्द्वकालीन विषय उछालेर कार्यकर्ताको भावना भड्काउने दुस्प्रयत्न नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘तत्कालीन माओवादीमा काम गर्ने सबै योद्धा साथीहरुलाई हेगमा पुर्‍याउनुपर्छ भन्ने लाग्या […]

ओलीलाई रावलको जवाफ : भगौडा नम्बर एक तपाईँ

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, […]

आर्थिक हिनामिनाको आरोपमा भीम रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस

२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन : नेता रावल

१२ पुस, कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीले आफ्नो अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । आइतबार धनगढीमा नेकपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता रावलले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिइएको बताए । ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिन हुन्न भन्ने राजनैतिक […]

भीम रावललाई केपी ओलीको प्रश्न– कसको इजाजत लिएर शीतलनिवास जानुभो ?

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् । बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए । जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका […]

दर्ता नम्बर नलिई शीतलनिवास छाडिन्न : भीम रावल

१ पुस, काठमाडौं । नेकपा स्थायी कमिटीका सदस्य भीम रावल र पम्फा भुसाल ८३ जना सांसदहरुको हस्ताक्षर सहितको पत्र बोकेर बुधबार दिउँसो १२ बजेर ४८ मिनेट जाँदा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । यो समाचार लेख्दै गर्दा साँझको पौने ६ बजेसम्म पनि सांसदद्वय रावल र भुसाल शीतलनिवासस्थित सचिव हरी पौडेलको कार्यकक्षमै बसिरहेका छन् । सचिव […]