Comments Add Comment

मौद्रिक नीति

List Grid
राष्ट्र बैंकले भन्यो-शेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन

२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । यसको असरले जबारमा उछाल पनि देखिएको थियो । मौद्रिक नीतिपछि सेयर […]

मौद्रिक नीतिपछिको शेयर बजार : लगानीकर्ताको ५ खर्ब गुम्यो 

२० भदौ, काठमाडौं । शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो । शेयर बजारको कारोबार गराउने जिम्मा पाएको […]

सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो

६ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव […]

मौद्रिक नीति : सहुलियत र सुविधामा जोड, बैंक मर्जरलाई प्रोत्साहन

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना प्रभावित निजी क्षेत्रलाई राहत प्राथमिकतामा राखी राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो । कोरोना महामारीपछिको अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए । उनका अनुसार राष्ट्रिय तथा […]

परिसंघका अध्यक्ष अग्रवाल भन्छन्- आर्थिक क्रियाकलाप विस्तारमा मौद्रिक नीति सहयोगी बन्छ

२९ साउन, काठमाडौं । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड-१९ प्रभावित व्यवसायको पुनरोत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसंघले बताएको छ । पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरोत्थानका लागि सहयोग गर्नेछ । मौद्रिक नीतिले ठूला उद्योगी/व्यवसायीलाई भने सम्बोधन गर्न नसकेको परिसंघको बुझाइ छ । ‘एउटै बैंकले ऋण दिन सक्ने […]

मौद्रिक नीति सकारात्मक आयो, यसले अर्थतन्त्रलाई लयमा ल्याउँछ : ढकाल

२९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले मौद्रिक नीतिले कोभिड प्रभावित अर्थतन्त्रलाई लयमा ल्याउन धेरै उपकरण ल्याएको भन्दै प्रशंसा गरेका हुन् । मौद्रिक नीतिले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, व्यवसाय र व्यवसायीहरुलाई राहत तथा सहुलियत दिने कार्यक्रमहरु ल्याएको उनको प्रतिक्रिया […]

शेखर गोल्छाको विश्लेषण : मौद्रिक नीति सकारात्मक आयो, अब तरलता बढ्छ

२९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीति सकारात्मक भएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निजी क्षेत्रलाई खुशी बनाएको उनले प्रतिक्रिया दिए । महासंघले माग गर्दै आएका धेरै कुरा मौद्रिक नीतिले सम्बाेधन समेत गरेकाे उनले बताए । १ करोड वा सोभन्दा कम ऋण उपयोग गर्ने […]

२५ लाखसम्मको कृषि, पर्यटन र महिला उद्यमी कर्जा अब ‘विपन्न वर्ग कर्जा’

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले प्रवाह गर्ने कृषि, पर्यटन र महिला उद्यमीले लिएको निश्चित सीमाको ऋणलाई विपन्न वर्गको कर्जामा रुपान्तरण गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले कोभिड पीडित क्षेत्रका ऋणीलाई यस्तो सुविधा दिएको हो । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार […]

यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ)

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरे । यस्तो छ नीतिको पूर्णपाठ

मौद्रिक नीति चुहाइएको भन्दै इकोनोमिक मिडिया सोसाइटीको आपत्ति

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपूर्व नै मौद्रिक नीति बाहिरिएको भन्दै इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ । शुक्रबार अपराह्न सार्वजनिक हुने तयारीमा रहेको मौद्रिक नीतिको अंश दिउँसै केही सञ्चारमाध्यममा प्रकाशित भएको थियो । मौद्रिक नीतिका महत्वपूर्ण विषय चुहिएपछि सोसाइटीले गम्भीर ध्यानाकर्षण गराएको हो । ‘नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले मौद्रिक […]

शेयर बजारले बदल्दै समाज : ‘बैंक नदेखेकाहरू मौद्रिक नीतिमा चासो राख्छन्’

धनाढ्य र व्यावसायिक व्यक्तिको रुचिको क्षेत्र मानिने शेयर बजारमा अहिले मुलुकका ४० लाख नागरिक सहभागी छन् । झण्डै १६ लाख महिलाको सहभागिताले घर–घरमा सशक्तीकरण र अभूतपूर्व वित्तीय साक्षरता पुर्‍याइरहेको छ । तर, यसको जोखिम पनि उत्तिकै छ । 

मौद्रिक नीति आज सार्वजनिक हुँदै

२९ साउन, काठमाडौं । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो । मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । राष्ट्र बैंकले […]

मौद्रिक नीति यसै साता सार्वजनिक हुने

२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला […]

‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति मैले रोकेको होइन’

१४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् । चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए । अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै […]

पुँजी बजारका लागि कस्तो नीति चाहिन्छ ?

२२ असार, काठमाडौं । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि सेयर बजारमा ठूलो महत्व राख्ने भएकाले यस क्षेत्रका सरोकारवालाहरूले निकै चासोका साथ हेरेका छन् । अहिले सेयर लगानीकर्ताहरू भने ‘सफ्ट पोलिसी’को अपेक्षा गरिरहेका छन् ।

मौद्रिक नीतिमा चेम्बरको ३७ बुँदे सुझाव, प्राथमिकतामा ब्याज छुट

१९ असार, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले आगामी बर्षको मौद्रिक नीतिमा कोभिड १९महामारीको चपेटामा परेको निजी क्षेत्रको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकललाई आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट ३७ बुँदे सुझाव दिएका हुन् । चेम्बरले लामो निषेधाज्ञाले आय […]

‘राष्ट्र बैंकले राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ’

१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई अहिले विभिन्न क्षेत्रबाट आगामी मौद्रिक नीतिका लागि सुझाव पुगिरहेका छन् । निजी क्षेत्रका संघ-संगठनहरुले ऋण सहुलियत, ब्याजदरमा छुट लगायतका मागहरु राखिरहेका बेला विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि आफ्ना सुझावहरु दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका उद्योग व्यवसायलाई उकास्नेदेखि कृषि क्षेत्रलाई कसरी राम्रो बनाउन सकिन्छ […]

कोरोनाले थला परेको निजी क्षेत्र मौद्रिक नीतिमा के चाहन्छ ?

१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी तीव्र बनाएसँगे निजी क्षेत्रले पनि कस्तो नीति चाहिन्छ भन्ने विषयमा गृहकार्य सुरु गरेको छ । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुले मौद्रिक नीतिमा निजी क्षेत्रका लागि केके समेटिनु पर्छ भन्ने विषयमा लिखित सुझाव दिने गरी गृहकार्य सुरु गरेका छन् । ‘कोरोनाले […]

मौद्रिक नीतिमार्फत राहत दिन रुपन्देहीका उद्योगीको माग

६ असार, बुटवल । मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्न माग गर्दै रुपन्देही उद्योग संघले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्पmत बुझाइएको ज्ञापनपत्रमा कोभिडको प्रभावले उद्योग क्षेत्र धराशायी बन्दै गएकाले मौद्रिक नीतिमार्पmत राहत प्रदान गर्न माग गरिएको छ । निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधि थप […]

मौद्रिक नीतिको गृहकार्य सुरु, कहिले आउँछ ?

१ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले गृहकार्य सुरु गरेको छ । कोरोना महामारीका बीच आउने अर्थतन्त्रलाई चलायमान बनाइराख्न के-के नयाँ नीति तर्जुमा गर्नु पर्छ भनेर मौद्रिक नीतिको विषयमा अहिले राष्ट्र बैंकले छलफल सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा आउने यो दोस्रो मौद्रिक नीति हो […]

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः अधिकांश पुरानै नीतिलाई निरन्तरता

२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको छ । कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । यद्यपि, ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने राष्ट्र बैंकले थपिदिएको छ । राष्ट्र बैंकले उद्योग व्यवसायहरूमा अझै समस्यामा रहेको भन्दै एक […]