Comments Add Comment

शिक्षामन्त्री

List Grid
शिक्षामन्त्री श्रेष्ठ भन्छन्- अबको प्रधानमन्त्री पनि केपी ओली

१२ फागुन, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए । सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’ कसैले राजीनामा […]

शिक्षामन्त्री नै निजी स्कुलका प्रवक्ता ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज दोस्रो साताभित्र विद्यार्थी भर्ना गरिसक्न निर्देशन दिएलगत्तै निजी विद्यालय सञ्चालक र अभिभावकबीच वैकल्पिक सिकाइवापत लिइने मासिक शुल्कको विवाद चुलिएको छ । मन्त्रालयले असोज १ गते सार्वजनिक गरेको ३१ बुँदे ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ को बुँदा २७ मा निजी लगानीका संस्थागत विद्यालयले वैकल्पिक सिकाइबापत लिने शुल्क निर्धारणको जिम्मा स्थानीय […]

यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ हुँदैन : शिक्षामन्त्री

१९ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताएका छन् । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए । ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ,’ मन्त्री पोखरेलले […]

शिक्षामन्त्रीलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी भएको टिप्पणी गरेका छन् । गत वर्ष ५ अर्ब बजेट छुट्याएको ठाउँमा यो कार्यक्रमका लागि यो वर्ष ६ अर्ब रुपैयाँ छुट्याइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा खर्च कटौती प्रस्ताव राख्दै थापाले यो संघीयता र संविधान विरोधी कार्यक्रम भएको बताए । […]

लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ । शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको […]

डा. केसीलाई शिक्षामन्त्रीको आग्रह- देश कालापानीमा एकतावद्ध छ, अनशन तोड्नुस्

२५ कात्तिक, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ । मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, ‘डा […]

शिक्षामन्त्री पोखरेललाई ‘छायामन्त्री’को चुनौती

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई पुर्‍याएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिएका छन् । प्रमुख विपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षामन्त्रालयस्तरीय समितिको संयोजकसमेत रहेका थापाले न्त्रालयको बजेट कटौती प्रस्ताव राखेका छन् । बिहीबार संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले भने, ‘देशभर ३६ हजार बढी […]

अतिथि स्वागतमा बालबालिकालाई लाइन लगाउन रोक

१३ वैशाख, काठमाडौं । विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री मात्र होइन, मन्त्री र सांसदहरुले पनि सक्रिय सहभागिता जनाएका छन् । स्कुल-स्कुलमा पुगेर अभिभावकत्व ग्रहण गरिरहेका छन् । यसले थुप्रै बालबालिकालाई पढ्ने मौका दिएको छ । तर, मन्त्री र सांसदहरु स्कुलमा पुग्दा साना बालबालिकालाई लाइन लगाएर स्वागत गराउने पनि गरिन्छ । कहिलेकाहीँ घन्टौ लाइनमा राख्ने गरिएको छ […]

पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐनः मन्त्री पोखरेल

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाएका छन् । त्यो ऐनमा आफ्ना छोराछोरीहरुलाई विद्यालय नपठाउनेहरुमाथि कार्वाही हुने व्यवस्था राखिने उनले बताए । काठमाडौंको सिनामंगलस्थित गुहृयेश्वरी माध्यामिक विद्यालयले सोमबार आयोजना गरेको बृहत शैक्षिक जागरण अभियानलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् । मन्त्री पोखरेलले […]

शिक्षकले राजनीति गर्ने दिन गएः शिक्षामन्त्री

१४ भदौ, पोखरा । नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलले बहालवाला शिक्षकले राजनीति गर्न नहुने बताएका छन् । प्रेस सेन्टर कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री पौडेलले शिक्षक पनि हुने र राजनीति पनि गर्ने दिन सकिएको बताए । ‘शिक्षक पनि हुने र राजनीतिक परिषदमा पनि बस्दा समस्या भो,’ मन्त्री पौडेलले भने, ‘बैठक बस्दा राजनीतिक परिषदमा रहेका शिक्षक […]

संसद छलेर अध्यादेश ल्याउँदैनौं: मन्त्री पोखरेल

१३ वैशाख, बर्दिवास । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसद्लाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको प्रस्ट्याएका छन् । एकीकृत नेकपा (माओवादी) का सचिवसमेत रहेका मन्त्री पोखरेलले आज महोत्तरीको बर्दिवास–४ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री पोखरेलले सरकार संसद्को बर्खे अधिवेशन बोलाउने तयारीमा […]